Incident Reports

Boy missing since 4 days found murdered

2017-09-10

A 13-year-old teenager from Kanchanpur missing since the past four days has been found murdered. The deceased, identified as Tilak Chand of Haldukhal had gone missing from his school four days ago. His body was found on Wednesday night at a river near the school by local women who were collecting fodder around the area. Although it was initially suspected that he could have accidentally died while taking bath in the river near the school, upon looking at the deceased's body police have concluded that his body was disposed at the site after being murdered. Police have arrested the victim's friends including Ashis Adhikari and few others who had accompanied him at the time he left school. The victim's relatives have also accused Adhikari of murdering the teenager. Police are further investigating on the incident. कन्चनपुरको हल्दुखालमा १३ वर्षीय बालकको हत्या भएको छ। चारदिनदेखि हराइरहेका बालक तीलक चन्दको हत्या भएको अवस्थामा शब भेटिएको हो । उनी चारदिन अघि विद्यालयबाटै हराएका थिए । स्कुलको खाजा खाने समयमा हराएका बालक चारदिनपछि स्कुल देखि २ सय मिटरको दुरिमा खोलामा घोप्टो परेको अवस्थामा मृत भेटिएको प्रहरीले जानकारी दिएको छ। स्कुलदेखि हराएका बालक नजिकै नहरमा नुहाउने क्रममा हराएको हुन सक्ने भनी खोजी गरिएको थियो । तर उनको शव भने हत्या गरेर फालिएको अवस्थामा बुधबार राती फेला परेको प्रहरीले जानकारी दिएको छ । स्थानीय महिलाहरुले साझपख घाँस काट्ने बेला गन्हाएको पाएपछी नजिकै हेर्ने क्रममा शव देखिएको थियो । शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए स्कुलको खाजा खाने समयमा हराएका बालक चारदिनपछि स्कुल देखि २ सय मिटरको दुरिमा खोलामा घोप्टो परेको अवस्थामा मृत भेटिएको प्रहरीले जानकारी दिएको छ। स्कुलदेखि हराएका बालक नजिकै नहरमा नुहाउने क्रममा हराएको हुन सक्ने भनी खोजी गरिएको थियो । तर उनको शव भने हत्या गरेर फालिएको अवस्थामा बुधबार राती फेला परेको प्रहरीले जानकारी दिएको छ । स्थानीय महिलाहरुले साझपख घाँस काट्ने बेला गन्हाएको पाएपछी नजिकै हेर्ने क्रममा शव देखिएको थियो । शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । स्कुलबाट हराएको भनी प्रहरीमा परिवारले निवेदन दिएपछि उनको खोजी भइरहेको थियो । शव नचिनिने अवस्थामा छ। अनुहार र अन्य भाग गलिसकेको अवस्थामा छ। शव अहिले घटनास्थलमै रहेको छ। प्रहरीले मृतक चन्दसँगै स्कुलदेखि सगैँ निस्केका आशिष अधिकारीसहित अन्य केहीलाई पक्राउ गरेको छ। शव भेटिएको स्थान नजिकै घर भएका आशिष अधिकारी लगायतले नै हत्या गरेको भन्दै मृतकका आफन्त आक्रोशित बनेका छ्न्। उनीहरुले अधिकारीको घर घेरेका छ्न् । घरमा ढुङ्गामुढा समेत गरेका छ्न्।अप्रिय घटना हुन नदिन सुरक्षाकर्मी परिचालन गरिएको छ। मृतकका परिवारजनले हत्यामा अधिकारीको परिवार नै संलग्न रहेको भन्दै आक्रोशित बनेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रकाश चन्दले घटनाको अनुसन्धान सुरु गरिएको बताए । उनले केही पक्राउ गरेर अनुसन्धान भइरहेको बताए । पक्राउ परेकाहरुको साथमा हत्या गरिएका तीलक चन्दले कानमा लगाएको सुनको बाली भेटिएको प्रहरी स्रोतले जनाएको छ। updated....................................... कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका महाकाली जनसेवा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत १३ वर्षीय विद्यार्थी तिलक चन्दको हत्याको आरोपमा प्रहरीले बिहीबार चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतककै सहपाठी आशिष अधिकारी, रमेश खड्का, विशाल चन्द र प्रकाश थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले चारैजनालाई हिरासतमा राखी अनुसन्धानको कार्य सुरु गरेको छ । पक्राउ परेकाले प्रारम्भिक बयानका क्रममा मृतकको कानमा लगाएको सुनको मुन्द्रा लुट्नका लागि हत्या गरेको बयान दिएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठीले बताए। चन्द विद्यालयबाटै भदौ २५ गतेदेखि बेपत्ता रहेका थिए । विद्यालयबाटै बेपत्ता भएका विद्यार्थीको शव खेतमा घाँस काट्न गएका महिलाले खोला किनारामा देखेपछि बुधबार राति ८ बजे प्रहरीलाई खबर गरेका थिए । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Vandalism
Weapons None
Primary Cause Unclear
Secondary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Siraha

0 Comments