Incident Reports

कन्चनपुरमा १३ वर्षीय बालकको हत्या (updated)

2017-09-10

कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका महाकाली जनसेवा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत १३ वर्षीय विद्यार्थी तिलक चन्दको हत्याको आरोपमा प्रहरीले बिहीबार चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतककै सहपाठी आशिष अधिकारी, रमेश खड्का, विशाल चन्द र प्रकाश थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले चारैजनालाई हिरासतमा राखी अनुसन्धानको कार्य सुरु गरेको छ । पक्राउ परेकाले प्रारम्भिक बयानका क्रममा मृतकको कानमा लगाएको सुनको मुन्द्रा लुट्नका लागि हत्या गरेको बयान दिएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठीले बताए। चन्द विद्यालयबाटै भदौ २५ गतेदेखि बेपत्ता रहेका थिए । विद्यालयबाटै बेपत्ता भएका विद्यार्थीको शव खेतमा घाँस काट्न गएका महिलाले खोला किनारामा देखेपछि बुधबार राति ८ बजे प्रहरीलाई खबर गरेका थिए । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Vandalism
Weapons None
Primary Cause Unclear
Secondary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Siraha

0 Comments

Related Reports