Incident Reports

Unidentified group abducts Rolpa's Thabang Rural Municipality Chairman

2017-09-14

Lumbini, Rolpa, Thawang

A group of unidentified persons have abducted Chairman of Thabang Rural Municipality in Rolpa Bir Bahadur Gharti Magar on Thursday night. According to the police, Thabang Rural Municipality Chief Magar was abducted at around 11 pm yesterday from Kuijbang village while on his way to his in-laws’ village. Magar, who won the rural municipality chairman post from CPN (Maoist Centre), was making preparations for the first village meeting that was scheduled to be held on September 16 and attended by CPN (MC) Chairman Pushpa Kamal Dahal. Chief District Officer Dijan Bhattarai informed that security personnel from Nepal Police, Armed Police Force and Investigation Bureau have been deployed in search of the missing chief. A member of District Security Committee quoting Magar’s wife, who was with him when the incident took place, informed, “8-10 people came out of nowhere and took him (Magar) to a nearby hill saying they had some work. After that we don’t know the whereabouts of Magar.” Magar had defeated Netra Bikram Chand-led CPN Maoist independent candidate Amit Gharti Magar in the recently held local level elections. Chand-led party claims Thabang to be its political stronghold. Meanwhile, sources in the area have claimed that the abduction of the rural municipality chief was was carried out by Chand-led party cadres to foil the village meeting. The police are yet to determine the identity of the abductors. रोल्पाको थबाङ गाउँपालिका प्रमुख बीरबहादुर घर्तीमगर ‘वियोग’लाई बिहीबार राति अपरिचित समूहले अपहरण गरेको छ । शनिबार थबाङमा आयोजना हुने प्रथम गाउ सभाको तयारीमा लागेका गाउँपालिका प्रमुख घर्तीमगरको खोजी गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले गाउपालिका प्रमुख घर्तीको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अनुसन्धान कार्यालयबाट सुरक्षाकर्मीलाई खटाइएको हो । ‘बिहीबार राति ११ बजेतिर गाउँ पालिका प्रमुखको अपहरण भएको खबर आएको छ । हामीले राति १ बजेतिरबाटै उहाँको खोजी थालेका हौं,’ प्रजिअ डा भट्टराईले भने । गाउँपालिका प्रमुख घर्ती नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका हुन् । तत्कालीन माओवादी लडाकुका पूर्व कमाण्डर रहेका घर्तीमगर रोल्पाको उवा निवासी हुन् । गत स्थानीय तहको निर्वाचनमा घर्तीमगरले स्वतन्त्रका तर्फबाट प्रमुखमा उम्मेदवार बनेका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाको थबाङकै युवा नेता अमित घर्तीमगरसँग चुनावी प्रतिष्पर्धा गरेका थिए । निर्वाचित भएपनि गाउँमा बसेर काम गर्न मुस्किल हुने चुनौतीका बारेमा गाउँपालिका प्रमुख घर्तीमगर अनुमान गर्दै आएका थिए । स्रोतका अनुसार गाउँपालिकाको सभा आयोजना गर्ने तयारी गर्न अबेरसम्म गाउँपालिका केन्द्रमै बसेका उनी राति आफ्नो ससुराली गाउँतिर जाँदै गरेका बेला अपहरणमा परेका थिए । ‘एक्कासी ८/१० जनाले उहाँलाई काम छ भन्दै नियन्त्रणमा ल्याएका थिए । माथिको डाँडातिर लगेका हुन् । त्यसपछिको अवस्थाबारे थाहा छैन,’ घर्ती अपहरणमा पर्दा साथैमा रहेकी उनकी पत्नीको भनाई उदृत् गर्दै जिल्ला सुरक्षा समितिका एक सदस्यले भने । उनलाई थबाङको ठूलो गाउ नजिकैको कुइजबाङ गाउँबाट अपहरणमा लिइएको थियो । अपहरणकारीले साथैमा रहेकी गाउपालिका प्रमुख घर्तीकी पत्नी लगायतलाई भने अपहरण गरेका छैनन् । स्रोतका थबाङलाई आफ्नो पकड क्षेत्रका रुपमा दाबी गर्दै आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले शनिबार हुने गाउँसभा विथोल्न गाउपालिका प्रमुखलाई अपहरण गरेको हुन सक्ने अनुमान गरिएको छ । चन्द नेतृत्वको नेकपाका कुनै पनि कार्यकर्ता सम्पर्कमा छैनन् । अपहरित घर्तीको खोजी गर्न रोल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाको नेतृत्वमा थप प्रहरी परिचालित भएको प्रजिअ डा भट्टराईले बताए । अपहरितको खोजी गर्नकै लागि दाङको भालुबाङ, रोल्पाको गैरीगाउँ र रुकुमबाट सशस्त्र प्रहरी तथा नेपाल प्रहरीलाई रोल्पामा खटाइएको छ । शनिबार हुने प्रथम गाउपालिका भेलामा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई मुख्य पाहुनाका रुपमा हेलिकप्टरबाट थबाङमा ल्याउने अन्मित तयारी गरिरहेका बेला गाउँपालिका प्रमुख घर्तीमगरलाई अपहरण गरिएको हो । शनिबार आयोजना गरिएको गाउसभा गर्ने वा नगर्ने भन्नेबारेमा टुंगो नलागेको गाउँपालिका कार्यालयले जनाएको छ । जिल्ला सुरक्षा समितिले अपहरणकारीको पहिचान नभइसकेको जनाएको छ । ‘कसले अपहरण गरेको हो भन्ने बारेमा अहिलेसम्म पुष्टि भएको छैन । यसबारे अनुसन्धान गरिरहेका छौं,’ प्रमुख जिल्ला अधिकारी डा भट्टराईले भने । उनले अपहरित गाउँपालिका प्रमुख सम्पर्कमा नआउदासम्म घटनाबारे पूर्ण जानकारी हुन नसक्ने बताए । घटनास्थल थबाङ टेलिफोन सम्पर्कबाट विच्छेद भएकाले थप जानकारी पाउन नसकिएको उनले बताए । पार्टी फूटपछि चन्द नेतृत्वको नेकपाले थबाङलाई आफ्नो मुख्य आधार क्षेत्र मान्दै आएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Abduction
Weapons None
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 10
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth noyouth
Total Abducted 1
National/Online Media , Local Newspaper - Chitwan

0 Comments