Incident Reports

थबाङ गाउँपालिका प्रमुख अपहरणमा

2017-09-14

Lumbini, Rolpa, Thawang

रोल्पाको थबाङ गाउँपालिका प्रमुख बीरबहादुर घर्तीमगर ‘वियोग’लाई बिहीबार राति अपरिचित समूहले अपहरण गरेको छ । शनिबार थबाङमा आयोजना हुने प्रथम गाउ सभाको तयारीमा लागेका गाउँपालिका प्रमुख घर्तीमगरको खोजी गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले गाउपालिका प्रमुख घर्तीको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अनुसन्धान कार्यालयबाट सुरक्षाकर्मीलाई खटाइएको हो । ‘बिहीबार राति ११ बजेतिर गाउँ पालिका प्रमुखको अपहरण भएको खबर आएको छ । हामीले राति १ बजेतिरबाटै उहाँको खोजी थालेका हौं,’ प्रजिअ डा भट्टराईले भने । गाउँपालिका प्रमुख घर्ती नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका हुन् । तत्कालीन माओवादी लडाकुका पूर्व कमाण्डर रहेका घर्तीमगर रोल्पाको उवा निवासी हुन् । गत स्थानीय तहको निर्वाचनमा घर्तीमगरले स्वतन्त्रका तर्फबाट प्रमुखमा उम्मेदवार बनेका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाको थबाङकै युवा नेता अमित घर्तीमगरसँग चुनावी प्रतिष्पर्धा गरेका थिए । निर्वाचित भएपनि गाउँमा बसेर काम गर्न मुस्किल हुने चुनौतीका बारेमा गाउँपालिका प्रमुख घर्तीमगर अनुमान गर्दै आएका थिए । स्रोतका अनुसार गाउँपालिकाको सभा आयोजना गर्ने तयारी गर्न अबेरसम्म गाउँपालिका केन्द्रमै बसेका उनी राति आफ्नो ससुराली गाउँतिर जाँदै गरेका बेला अपहरणमा परेका थिए । ‘एक्कासी ८/१० जनाले उहाँलाई काम छ भन्दै नियन्त्रणमा ल्याएका थिए । माथिको डाँडातिर लगेका हुन् । त्यसपछिको अवस्थाबारे थाहा छैन,’ घर्ती अपहरणमा पर्दा साथैमा रहेकी उनकी पत्नीको भनाई उदृत् गर्दै जिल्ला सुरक्षा समितिका एक सदस्यले भने । उनलाई थबाङको ठूलो गाउ नजिकैको कुइजबाङ गाउँबाट अपहरणमा लिइएको थियो । अपहरणकारीले साथैमा रहेकी गाउपालिका प्रमुख घर्तीकी पत्नी लगायतलाई भने अपहरण गरेका छैनन् । स्रोतका थबाङलाई आफ्नो पकड क्षेत्रका रुपमा दाबी गर्दै आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले शनिबार हुने गाउँसभा विथोल्न गाउपालिका प्रमुखलाई अपहरण गरेको हुन सक्ने अनुमान गरिएको छ । चन्द नेतृत्वको नेकपाका कुनै पनि कार्यकर्ता सम्पर्कमा छैनन् । अपहरित घर्तीको खोजी गर्न रोल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाको नेतृत्वमा थप प्रहरी परिचालित भएको प्रजिअ डा भट्टराईले बताए । अपहरितको खोजी गर्नकै लागि दाङको भालुबाङ, रोल्पाको गैरीगाउँ र रुकुमबाट सशस्त्र प्रहरी तथा नेपाल प्रहरीलाई रोल्पामा खटाइएको छ । शनिबार हुने प्रथम गाउपालिका भेलामा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई मुख्य पाहुनाका रुपमा हेलिकप्टरबाट थबाङमा ल्याउने अन्मित तयारी गरिरहेका बेला गाउँपालिका प्रमुख घर्तीमगरलाई अपहरण गरिएको हो । शनिबार आयोजना गरिएको गाउसभा गर्ने वा नगर्ने भन्नेबारेमा टुंगो नलागेको गाउँपालिका कार्यालयले जनाएको छ । जिल्ला सुरक्षा समितिले अपहरणकारीको पहिचान नभइसकेको जनाएको छ । ‘कसले अपहरण गरेको हो भन्ने बारेमा अहिलेसम्म पुष्टि भएको छैन । यसबारे अनुसन्धान गरिरहेका छौं,’ प्रमुख जिल्ला अधिकारी डा भट्टराईले भने । उनले अपहरित गाउँपालिका प्रमुख सम्पर्कमा नआउदासम्म घटनाबारे पूर्ण जानकारी हुन नसक्ने बताए । घटनास्थल थबाङ टेलिफोन सम्पर्कबाट विच्छेद भएकाले थप जानकारी पाउन नसकिएको उनले बताए । पार्टी फूटपछि चन्द नेतृत्वको नेकपाले थबाङलाई आफ्नो मुख्य आधार क्षेत्र मान्दै आएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Abduction
Weapons None
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 10
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth noyouth
Total Abducted 1
National/Online Media , Local Newspaper - Chitwan

0 Comments