Incident Reports

प्रभाव देखाउन आचारसंहिता उल्लङ्घन ।

2017-09-14

Madhes, Bara, Kalaiya

असोज २ गते हुने गइरहेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा मतदाताहरूलाई प्रभावित पार्नको लागि विभिन्न राजनीतिक दलले निर्वाचन आचार संहिताको उल्लङघन गर्दै आएको पाइएको छ। चुनावमा निर्वाचन आयोगले विभिन्न आचार संहिता लागु गरेता पनि जिल्लाका राजनीतिक दलका नेताहरूले विद्यालय पढ्ने बालबालिकाहरूलाई प्रचार प्रसार खटाउने, सार्वजनिक स्थानहरूमा ठूला ठूला पर्चा पम्पलेट लगाउने, ठूलो साउण्डमा प्रचार प्रसार गर्ने र प्रचारमा धेरै गाडीहरूको प्रयोग गरी निर्वाचन अचार संहिताको उल्लघन गरिरहेको देखिन्छ। केही राजनीतिक दलका उम्मेदवारहरूले भने प्रचारप्रसारलाई तडक भडक बनाउन तेस्रो लिङ्गीहरूलाई प्रयोग गरी भोजपुरी गितमा नाचगान गरी मतदाता रिझाउने काम समेत गरिरहेको पाइएको छ। आचारसंहिताको परिच्छेद पाँचको १२ नम्बर बुँदामा आमसभा गरेको ठाँउ बाहेक अन्य ठाँउमा ध्वनी यन्त्र प्रयोग गर्न नहुने उल्लेख भए पनि जिल्लाको कलैया उपमहानगरपालिका, जितपुरसिमरा उपमहानगरपालिक लगाएतका १६ वटा स्थानीय तहमा विभिन्न पार्टीका उम्मेदवारहरुले भ्यान र टयाक्टरमा जनेटरसहित ठूल–ठूला स्पीकर, साउण्ड बक्स राखी प्रचार प्रसार गरिरहेको छन्। रैली सभामा पनि अत्याधिक मात्रमा बालबालिकाको प्रयोग भए पनि कारवाही गर्ने निकाय मौन बस्नाले निर्वाचन आचार संहिता लागु गर्नु कुनै औचित्य नरहेको नागरिक समाज बाराका अध्यक्ष हिरालाल साहले बताए। एउटा मोटरसाइकलमा बिना हेल्मेट लगाइ तीन जना भन्दा बढी बसाइ चुनाव प्रसार गर्ने गरेका छन्। बाराका प्रमुख निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार ध्वनी यन्त्र प्रयोग गरी कुनै पनि पार्टीले आफ्नो पार्टीको भण्डा राखी चुनाव प्रचारप्रसार गर्न न मिल्ने बताए । त्यसो गरेको पाइएमा सुझाव स्वरुप प्रहरी परिचालन गरी त्यस्तो कार्यक्रम रोक्ने बताए। आचार संहिता उल्लङ्घन गर्न नरोके स्पष्टिकरण सोध्ने र कारवाही प्रक्रियामा लग्ने थापाले जानकारी दिए। निर्वाचन आयोगको आचारसंहिताको परिच्छेद २ को आठ नम्बर बुदाँमा राजनीतिक दलका उम्मेदवारहरूले विद्यालय, सरकारी तथा सार्वजनिक भवन तथा धार्मिक पुरातात्विक भवनाको भित्तामा पर्चा टाँस्न मनाही गरिए पनि बारामा त्यसको विपरित कार्य गरीएको छ। प्रचारप्रसारका क्रममा ग्रामीण क्षेत्र र नगरपालिकाहरूमा आचारसंहिता विरुद्धको कार्य भइरहेकोले निर्वाचन अधिकृत तथा प्रहरीलाई पनि त्यस्ता काममा बन्देज लगाउन निर्देशन गरेको थापाले बताए। कलैयाको भरतचोकमा अचार संहिताको उल्लघन गरी विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले लगाएका प्रचार समाग्रीहरूलाई सुरक्षाकर्मीहरू लगाएकार हटाइएको निर्वाचन अधिकृत थापाले बताए। नेपाली काँग्रेस, एमाले, माओवदी केन्द्र, संघीय समाजवादी पार्टी, राष्ट्रिय जनता दल लगायतका पार्टीका उम्मेदवारहरूले अचार संहिताको उल्लङघन गर्दै आएका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Raid/sweeping
Primary Cause Election-related incident
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org , UML and affiliated org , CPN (Maoist Center) and affiliated org , Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments