Incident Reports

कुटोले हिर्काएर जेठाजुले गरे भाइबुहारीको हत्या l

2013-06-15

Adarsha KC रुकुम । ०७० असार १ गते सामान्य विवादका कारण रुकुमको पेउघा गाविस २ का ४५ वर्षीया तेजबहादुर खड्काले सहदोर भाइको ३५ वर्षीया श्रीमती मनकुमारी खड्काको हत्या गरी फरार भएका छन् । घरमाथिको भल छेक्नको लागि दुवै पक्षबीच जेठ ३१ गते साँझ सामान्य विवाद हुँदा तेजबहादुरले कुटोले टाउकोमा हिर्काएपछि मनकुमारीको घटनास्थलमै ज्यान गएको हो । भल छेक्ने नाली काटेर मनकुमारीको घरतिर लगाइदिएपछि उनले त्यस्तो नगर्न भन्दा निर्ममतापुर्वक कुटोले कुटीकुटी हत्या गरेको स्थानीबासीहरूले बताएका छन् । घटना हुँदा मृतकको श्रीमान गणेश खड्का घरमा थिएनन् । फरार अभियुक्तको व्यापक खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । मृतकको शव असार १ गते जिल्ला अस्पताल सल्लेमा पोष्टमार्टमपछि आफन्तलाई बुझाइएको जिल्ला अस्पतालले जनाएको छ । गएको साता पेउघा गाविसको छिमेकी गाविस नुवाकोटमा पनि बाबुले श्रीमतीको हत्या गरी छोराछोरीलाई काटेर गम्भीर घाइते बनाई आफूले आत्महत्या गरेका थिए । आदर्श केसी

0 Comments

Related Reports
Related Trend Analysis