An unidentified group of people have exploded a bomb on a jeep used for the election campaign of mayor candidate Dilip Raj Bhandary of Nepali Congress in Hariban Municipality.
The jeep with registration number BR01PF6987 parked at Hariban Municipality-10, New Road was exploded on the night of September 14.
The explosion was under the jeep when the driver was about to start the engine while going home after finishing the election campaign of mayor and vice-mayor candidate.
SP Masaud Alam Khan said that the explosive was wrapped in a tiffin box. The explosion was to terrify voters in the eve of election according to police.
Santosh Kumar Singh
नेपाली काङ्ग्रेसबाट हरिवन नगरपालिकाका मेयर पदका उम्मेदवार दिलिप राजभण्डारीको प्रचारप्रसारमा प्रयोग भएको जीपमा अज्ञात समूहले बम विष्फोट गराएको छ ।
हरिवन नगरपालिका-१० नयाँरोड चोकमा रोकेर राखेको जीपमा भदौ २९ गते राति ८ बजेतिर विआर ०१ पिएफ ६९८७ को स्कर्पियो जीपमा बम विष्फोट गराएको हो ।
मेयरका उम्मेदवार राजभण्डारी र उपमेयरकी उम्मेदवार बुककुमारी थापाको घरदैलो अभियान सकेर फर्कनका लागि चालकले जीप स्र्टार्ट गर्न खोजिरहेको अवस्थामा जीपको मुनीपट्टी विष्फोट भएको थियो ।
खाजा खाने टिफिनमा विष्फोटक पदार्थ राखेर विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालयका एसपी मसाउद आलम खाँले बताए ।
आफूलाई तर्साउन सवारी साधनमा बम विष्फोट गराइएको राजभण्डारीले आरोप लगाएका छन् । उनले निष्पक्ष छानबिन गरी दोषिलाई कानुनको कठघरामा ल्याउन माग गरेका छन् ।