Incident Reports

काङ्ग्रेसको प्रचारप्रसारमा प्रयोग भएको जीपमा अज्ञात समूहद्वारा विष्फोट

2017-09-14

Madhes, Sarlahi, Hariwan, Ward 10

Santosh Kumar Singh नेपाली काङ्ग्रेसबाट हरिवन नगरपालिकाका मेयर पदका उम्मेदवार दिलिप राजभण्डारीको प्रचारप्रसारमा प्रयोग भएको जीपमा अज्ञात समूहले बम विष्फोट गराएको छ । हरिवन नगरपालिका-१० नयाँरोड चोकमा रोकेर राखेको जीपमा भदौ २९ गते राति ८ बजेतिर विआर ०१ पिएफ ६९८७ को स्कर्पियो जीपमा बम विष्फोट गराएको हो । मेयरका उम्मेदवार राजभण्डारी र उपमेयरकी उम्मेदवार बुककुमारी थापाको घरदैलो अभियान सकेर फर्कनका लागि चालकले जीप स्र्टार्ट गर्न खोजिरहेको अवस्थामा जीपको मुनीपट्टी विष्फोट भएको थियो । खाजा खाने टिफिनमा विष्फोटक पदार्थ राखेर विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालयका एसपी मसाउद आलम खाँले बताए । आफूलाई तर्साउन सवारी साधनमा बम विष्फोट गराइएको राजभण्डारीले आरोप लगाएका छन् । उनले निष्पक्ष छानबिन गरी दोषिलाई कानुनको कठघरामा ल्याउन माग गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments

Related Reports