Incident Reports

मोटरसाइकल र्‍याली र उपप्रधानमन्त्रीको चुनावी सभा राति

2017-09-16

Madhes, Saptari, Rajbiraj

राजविराजमा नेपाली काङ्ग्रेस, सङ्घीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमका कार्यकर्ताहरूले भदौ ३० गते मोटरसाइकल र्‍याली निकालेका छन् । उम्मेदवारहरू, नेता-कार्यकर्ताहरू सम्मिलित सयौँको सङ्ख्यामा रहेको झण्डासहितको मोटरसाइकल, जीपसहितको जुलुसले लाउडस्पिकर र माइकमा नारा लगाउँदै गर्दै नगर परिक्रमा गरेका थिए । काङ्ग्रेसले निकालेको मोटरसाइकल जुलुसमा सांसद रञ्जित कर्ण समेत सहभागी थिए । एक भन्दा बढी उम्मेदवार वा दलले एकै समयमा एउटै स्थान वा मार्गमा जुलुस सभा गर्न नपाइने भएपनि प्रचारप्रसारको अन्तिम दिन भएकाले विभिन्न दलको जुलुस साँझपख निकालिँदा तनाव उत्पन्न भएको थियो । राजविराजमा निकालिएको नेकपा (एमाले) को पदयात्रा जुलुसमा पछाडिबाट आएको फोरम नेपालको मोटरसाइकल र्‍याली प्रवेश गरी एकनासले हर्न बजाएर विथोल्ने प्रयास गरेको एमालेका मेयर उम्मेदवार सुखराम यादवले आरोप लगाए । यसैगरी नेकपा माओवादी केन्द्र र राजपाका उम्मेदवारको पक्षमा मत माग्दै भदौ ३० गते राजविराजमा राति सातबजे पछिसम्म सिटी रिक्सामा माइकिङ् गरिएको छ । खडक नपा-११ स्थित बनौलीमा भदौ २९ गते साँझ सात बजेदेखि नौ बजेसम्म भएको चुनावी सभामा नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष एवम् उपप्रधानमन्त्री विजय गच्छेदार, मन्त्री जितेन्द्रनारायण देव सहभागी भएको सोही पार्टीका जिल्ला सचिव भोगेन्द्र चौधरीले जानकारी दिए । यसैगरी नेपाली काङ्ग्रेसको तर्फबाट राजविराज नपाका मेयरका उम्मेदवार ध्रुब देवको नेतृत्वमा भदौ २९ गते राजविराज नपा-९ मलेठस्थित गीता पेट्रोल पम्पबाट सुरू भएको मोटरसाइकल र्‍यालीले नगर परिक्रमा गरी सहिद दशन चोकमा कोण सभा गरेको काङ्ग्रेसका तर्फबाट राजविराज नपा-५ का वडा अध्यक्ष उम्मेदवार समिर झाले बताए । राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको नेतृत्वमा राजविराजका मेयर, उपमेयरका उम्मेदवारहरूले भदौ २९ गते राति सात बजेपछि पनि पदयात्रा जुलुस गरी मत मागेका थिए ।

0 Comments

Related Reports