Incident Reports

सर्लाहीमा सुतली बम बिष्फोट, १ बालिका घाइते

2017-09-17

Madhes, Sarlahi, Balara, Ward 2

सर्लाहीको दक्षिणी भेगमा पर्ने बलरामा आइतबार बिहान सुतली बम बिष्फोट हुँदा एक बालिका घाईते भएकी छन् । भारतीय सीमा नजिकै पर्ने बलरा नगरपालिका–२ हथियौल जमुनिया टोलमा भएको बम बिष्फोटमा परि सोही ठाउँका जय प्रकाश सहनीकी १० वर्षीया छोरी रस्मिता सहनी घाईते भएकी हुन् । बमको छर्राले लागेर सामान्य घाईते भएकी बालिकाको प्राथमिक स्वास्थ्य केन्द्र अचलगढमा उपचार भैरहेको छ । आफ्नै किराना पसल अगाडि जय प्रकाशकी छोरी रस्मिता र छोरा रितेस खेलिरहेको अवस्था आइतबार बिहान ११ बजेतिर सुतली बम बिष्फोट भएको ईलाका प्रहरी कार्यालय गडहियाले जनाएको छ । बालबालिका खेल्ने क्रममा पसल अगाडि फेला परेको बेवारिसे झोला उठाएर घर लान खोज्दा बम बिष्फोट भएको गाउँलेहरुले बताएका छन् । झोला भित्र रहेका ४ वटा बम मध्ये एउटा बालबालिका खेलाउँदा पडकिएको र बाँकी तीन वटा नेपाली सेनाले निष्क्रिय पारेको गडहियाका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए । उहाँका अनुसार बम राख्ने व्यक्तिको खोजी तीव्र पारि घटना स्थल वरपर सुरक्षा सतर्कता बढाईएको छ । भारतसँग सीमा जोडिएको बलरा क्षेत्र सुरक्षाको दृष्टिले सर्लाहीको अति नै संवेदनशील ठाउँ मानिन्छ । चुनावका लागि त्यसक्षेत्रमा प्रहरी नायब उपरीक्षक रुगम कुँवरको नेतृत्वमा केही दिन अघि देखि नै ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन भैरहेका छन् । शनिवार मात्रै बलरा नगरपालिकाका विभिन्न ठाउँमा रहेका मतदान केन्द्रमा तालिम प्राप्त कुकुरहरुबाट खतरा रहे–नरहेका बारेमा बुझिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media , INSEC

0 Comments

Related Reports