Incident Reports

मौन अवधिमा हतियार सहित गिरफ्तार परेका भारतीयसहित पाँच जना माथि मुद्दा दर्ता

2017-09-17

Madhes, Siraha, Bhagawanpur

तेश्रो चरणको स्थानीय तहको निर्वाचनको मौन अवधिमा शङ्कास्पद अवस्थामा प्रहरीले सिरहाको सीमावर्ती भगवानपुर गाउँपालिकाबाट पाँच जनालाई भदौ ३१ गते गिरफ्तार गरी असोज १ गते अनुसन्धानका लागि मुद्दा दर्ता गरेको छ । निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर तीन दिनको लागि सीमा नाका बन्द भए पनि भारतको मधुवनी जिल्ला बस्ने राजेशकुमार यादव, अजय कामत, सूर्यनारायण यादव, राजकुमार यादव र नेपालको भगवानपुर गाउँपालिका-५ का सुरज यादव लुकीछिपी नेपाल पसेर शङ्कास्पद रूपमा फेला परेपछि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी शेखर कोइरालाले बताए । गिरफ्तार परेकामध्ये भारतीय अजय कामतको साथबाट धारिलो छुरा बरामद गरिएको एसपी कोइरालाले बताए ।

0 Comments

Related Reports