Incident Reports

प्रहरीद्वारा चौकीमै कुटपिटl

2013-06-16

Manohar Kumar Pokh सप्तरी । ०७० असार ३ गते गम्हरिया प्रवाहा गाविस-१ स्थित प्रहरी चौकीमा असार २ गते अपरान्ह चौकीका इन्चार्ज असई रामशरण सिंहको निर्देशनमा प्रहरी सुदामा यादवले सोही ठाउँका २८ वर्षीय बेचन मियालाई कुटपिट र अमानवीय व्यवहार गरेका छन् । गम्हरिया प्रवाहा गाविस-१ का ६० वर्षीय वकिल मियाले बन्धक बनाएर राखेको आफ्नो भैँसीलाई छुटाउन गएका बेचनलाई प्रहरीले चौकीमै कुटपिट गरी अमानवीय व्यवहार गरेको पीडितले बताए । धानको बीउ खाएको भन्दै वकिलले आफ्नो घरमा असार १ गते विहानदेखि बेचनको भैँसी बाँधेर राखेका छन् । भैँसीले खाएको पाँच किलो धानको विउवापतको क्षतिपूर्ति तिर्न तयार रहेको जनाउँदै वेचनले भैसी छुटाउन आग्रह गर्दा प्रहरीले कुटपिट गरेको उनले बताए । असई सिंहले भने वादविवाद मात्र भएको कुटपिट नगरेको बताए । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis