Incident Reports

अज्ञात समूहद्वारा पत्रकार विद्रोहीमाथि आक्रमण

2017-09-20

Bagmati, Kathmandu, Kathmandu, Ward 28

नेपाल पत्रकार महासङ्घकी केन्द्रीय पार्षद् भावना विद्रोहीलाई काठमाडौँको बागबजारमा अज्ञात समूहले कुटपिट गरेको पीडित पत्रकारले बताएकी छन् । असोज ४ गते राति १० बजे काम सकेर बागबजार स्थित डेरामा जाँदै गर्दा बाटोमा रहेका केही नचिनेका मान्छेले आक्रमण गरेको पत्रकार विद्रोहीले बताइन् । नयाँ विद्रोह साप्ताहीककी प्रकाशक एवम् सम्पादकसमेत रहेकी पत्रकार विद्रोहीको उपचार वीर अस्पतालमा भइरहेको छ । पत्रकार विद्रोहीको नाक, मुख, टाउकोलगायत शरीरको विभिन्न अङ्गमा गम्भिर रूपमा चोटपटक लागेको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी अपिल बोहराले पत्रकार विद्रोहीलाई कुटपिट गर्नेहरूको खोजीका साथै घटनाको विषयमा अनुसन्धान भइरहेको बताए । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले पत्रकार विद्रोहीलाई कुटपिट गर्ने व्यक्तिको तत्काल खोजी गरी कानुन अनुसार कडा कारबाही गर्न माग गरेको छ । शाखाका अध्यक्ष शान्तराम बिडारीले पत्रकारहरूलाई स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा समाचार रिपोर्टिङ् गर्न पाउनुपर्ने माग गर्दै पीडित पत्रकारलाई न्याय दिन सरकारसँग माग गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured 1
INSEC

0 Comments