Incident Reports

कांग्रेसको बिजय जुलुसमा एमाले कार्यकर्ता द्वारा आक्रमण, ४ घाइते

2017-09-23

Madhes, Rautahat, Brindaban, Ward 5

बृन्दावन नपा-९ का ६० वर्षीय शेख खैरूल्लाह, सोही ठाउँका शेख मेराजुल, शेख जाहिर र मोहम्मद सैमुल्लाहलाई असोज ७ गते दिउँसो एमाले कार्यकर्ताहरूले विजय जुलुश मनाइरहेको अवस्थामा आक्रमण गरी घाइते बनाए । बृन्दावन नपामा मेयर र उपमेयर दुवै पदमा नेपाली काङ्ग्रेसले जितेपछि निकालेको विजय जुलुशमा सहभागी हुन बाजागाजासहित नेपाली काङ्ग्रेसका कार्यकर्ताहरू जुलुश लिएर विश्रामपुरतर्फ जाने क्रममा नेकपा एमाले कार्यकर्ताहरूले एमालेका मेयरका उम्मेदवार विनोद पटेलको घर अगाडि उनकै उपस्थितिमा आक्रमण गरी घाइते बनाएको नेपाली काङ्गे्रस रौतहटले आरोप लगाएको छ । एमालेका मेयर पदका उम्मेदवार विनोद पटेलको वडा नम्वर ५ स्थित हर्षाहाटोलमा रहेको घर नजिक भोजपुरी गीत बजाएर नाचगान गर्न थालेपछि दुवैपक्षबीच झडप भएको थियो । पटेलको घर नजिक पुगेको काङ्ग्रेसको जुलुशमाथि एमाले कार्यकर्ताहरूले बाँसको भाँटा सहित घरेलु हतियारबाट आक्रमणमा गरी कांगे्रसका चारजना कार्यकर्ताहरूलाई गम्भिर घाईते बनाएको नेपाली काँग्रेसका जिल्ला सभापति रामकृष्ण यादवले बताएका छन् । घाइतेहरूको टाउकोमा गम्भीर चोट लागेकाले चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon , Sharp weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 6
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 4
Election-related cause primary
INSEC , Local Newspaper - Rautahat

0 Comments

Related Reports