Incident Reports

RJP cadres attack NC cadres during victory rally

2017-09-23

Madhes, Rautahat, Gadhimai, Ward 5

In Gadhimai Municipality, the cadres of RJP have attacked the victory rally of Nepali Congress. In Gadhimai Municipality, for the post of Mayor, Shyam Yadav and for Vice-Mayor Subhadra Gupta were elected from Nepali Congress. In the incident site, police and armed police have been deployed according to CDO Uddav Bahadur Thapa. गढीमाइ नगरपालिकामा नेपाली काङ्ग्रेसबाट मेयर श्याम यादव र उपमेयरमा सुभद्रा गुप्ता निर्वाचित भएपछि निकालिएको विजय जुलुशमा निकटदम प्रतिद्वन्द्वदी राजपाका मेयर पदका पराजित उम्मेदवार अब्दुलकलाम अजादका कार्यकर्ताहरूले आक्रमण गरेका छन् । गढीमाइ नपाको वडा नम्बर ५ गम्हरीया टोलमा नेपाली काङ्ग्रेसका पराजित वडा अध्यक्ष म रयाजुदीनको घरमा सहानुभूति स्वरूप विजय जुलुश लिएर गएका कार्यकर्तामाथि राजपाका कार्यकर्ताहरूले आक्रमण गरेका थिए । राजपाका मेयर उम्मेदवार र काङ्ग्रेसका पराजित वडा अध्यक्षका उम्मेदवारको घरसँगै जोडिएकोले काङ्ग्रेसको विजय जुलुश आफ्ना कार्यकर्ताको घरमा पुगेपछि राजपाका कार्यकर्ताहरूले भोजपुरी फिल्म किन बजाएको र जुलुश किन ल्याएको भन्दै जुलुशमा डिजे बाजा बजाइरहेका धुपलाल साह, प्रदीप साह तथा सहभागी कार्यकर्ता प्रमोद साह, शेख जमदार, शेख मोमताज र शेख रूस्तमालाई निर्घात कुटपिट गरेका छन् । राजपाका कार्यकर्ताको कुटाइबाट डिजे बाजा बजाउने प्रमोद र धुपलालको अवस्था गम्भीर रहेकाले हेल्थ लैण्ड अस्पतालमा लगी उपचार गराइएको र अहिले पनि उपचार भइरहेको गढीमाइ नपाका मेयर श्याम यादवले बताए । राजपाका कार्यकर्ताहरूले जुलुशमाथि आक्रमण गर्दै नेपाली काङ्ग्रेसका पराजित उम्मेदवार रयाजुदिनको घरमा समेत तोडफोड गर्न थालेपछि नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले राजपाका मेयर उमेदवार अब्दुल कलाम आजादको घरमा समेत तोडफोड गरेका छन् । घटना स्थलमा इलाका प्रहरी कार्यालय र सशस्त्र वेश क्याम्प समनपुरको टोली परिचालन गरिएको जनाइएको छ । घटनाको विषयमा गहन रूपमा अनुसन्धान गर्न तथा आक्रमण गर्ने व्यक्तिहरूको खोजतलासको लागि प्रहरीलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी उद्धव वहादुर थापाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Vandalism
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 2
Total damaged Buildings 2
Election-related cause primary
INSEC , Local Newspaper - Dhanusha , Local Newspaper - Makwanpur

0 Comments