Incident Reports

राजपाका कार्यकर्ताद्वारा कांग्रेसको बिजय जुलुसमा आक्रमण

2017-09-23

Madhes, Rautahat, Gadhimai, Ward 5

गढीमाइ नगरपालिकामा नेपाली काङ्ग्रेसबाट मेयर श्याम यादव र उपमेयरमा सुभद्रा गुप्ता निर्वाचित भएपछि निकालिएको विजय जुलुशमा निकटदम प्रतिद्वन्द्वदी राजपाका मेयर पदका पराजित उम्मेदवार अब्दुलकलाम अजादका कार्यकर्ताहरूले आक्रमण गरेका छन् । गढीमाइ नपाको वडा नम्बर ५ गम्हरीया टोलमा नेपाली काङ्ग्रेसका पराजित वडा अध्यक्ष म रयाजुदीनको घरमा सहानुभूति स्वरूप विजय जुलुश लिएर गएका कार्यकर्तामाथि राजपाका कार्यकर्ताहरूले आक्रमण गरेका थिए । राजपाका मेयर उम्मेदवार र काङ्ग्रेसका पराजित वडा अध्यक्षका उम्मेदवारको घरसँगै जोडिएकोले काङ्ग्रेसको विजय जुलुश आफ्ना कार्यकर्ताको घरमा पुगेपछि राजपाका कार्यकर्ताहरूले भोजपुरी फिल्म किन बजाएको र जुलुश किन ल्याएको भन्दै जुलुशमा डिजे बाजा बजाइरहेका धुपलाल साह, प्रदीप साह तथा सहभागी कार्यकर्ता प्रमोद साह, शेख जमदार, शेख मोमताज र शेख रूस्तमालाई निर्घात कुटपिट गरेका छन् । राजपाका कार्यकर्ताको कुटाइबाट डिजे बाजा बजाउने प्रमोद र धुपलालको अवस्था गम्भीर रहेकाले हेल्थ लैण्ड अस्पतालमा लगी उपचार गराइएको र अहिले पनि उपचार भइरहेको गढीमाइ नपाका मेयर श्याम यादवले बताए । राजपाका कार्यकर्ताहरूले जुलुशमाथि आक्रमण गर्दै नेपाली काङ्ग्रेसका पराजित उम्मेदवार रयाजुदिनको घरमा समेत तोडफोड गर्न थालेपछि नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले राजपाका मेयर उमेदवार अब्दुल कलाम आजादको घरमा समेत तोडफोड गरेका छन् । घटना स्थलमा इलाका प्रहरी कार्यालय र सशस्त्र वेश क्याम्प समनपुरको टोली परिचालन गरिएको जनाइएको छ । घटनाको विषयमा गहन रूपमा अनुसन्धान गर्न तथा आक्रमण गर्ने व्यक्तिहरूको खोजतलासको लागि प्रहरीलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी उद्धव वहादुर थापाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Vandalism
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 2
Total damaged Buildings 2
Election-related cause primary
INSEC , Local Newspaper - Dhanusha , Local Newspaper - Makwanpur

0 Comments

Related Reports