Incident Reports

बलात्कार आरोपितलाई दुई वर्षको जेल सजाय l

2013-06-17

Kokila Dhakal इलाम । ०७० असार ३ गते इलाम चिसापानी गाविस- ५ की एक २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका झापा दमकस्थित बेलडाँगी शरणार्थी शिविरका १८ वर्षीय राजु गुरुङलाई जिल्ला अदालत इलामले दुई वर्षको कैद सजाय सुनाएको छ । गुरुङलाई ०७० असार ३ गते जबरजस्तीकरणीको उद्योग गरेको ठहर गर्दै दुई वर्षको कैद सजाय सुनाइएको अदालतका रजिस्टार तीर्थराज भट्टराईले जानकारी दिए । घटना लगतै गिरफ्तार परेका गुरुङलाई यसअघि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । कोकिला ढकाल

0 Comments

Related Reports
Related Trend Analysis