Incident Reports

हत्याको आशंकापछि देवर भाउजु फरार

2017-09-30

Gandaki, Nawalparasi West, Sunwal, Ward 2

सुनवल नगरपालिका २ बत्रौली बस्ने ३२ बर्षिय खेमराज (केदार) अहिरको हत्या भएको घटना बाहिर आएपछि हत्यामा संलग्न भनिएका दुई जना फरार भएका छन् । असोज १४ गते शनिवार बिजया दशमीको राती ९ बजेको समयमा मृतक अहिरको साथी सोही गाउँ बस्ने २४ बर्षिय सुरेन्द्र गिरीले मृतक अहिरलाई एक ठाउँमा जाउँ भनि घरबाट बोलाएर बाहिर लगेका थिए । राती ९ बजे गएको मृतक अहिर रातीभरि घर नफर्केपछि उनको दाई बासुदेव अहिरले भोलिपल्ट आइतबार गिरीको घरमा सोधपुछ गर्न पुगे । गिरीका बुवाले मलाई केहि थाहा छैन भनेपछि मृतक अहिरको गाउँगाउँ र आफन्तहरुकहाँ खोजतलास हुन थाल्यो । दिउँसो ४ बजेको समयमा एक गाउँले घाँस काटन जाँदा धानको खेतमा अहिरलाई हत्या गरि फालिएको शव देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए । अहरिको शरीरमा लाठी र धारिलो हतियार प्रयोग भएको निशान देखिएपछि अहिरको हत्या नै गरिएको शंका गरिएको छ । फेला परेको शवलाई पोष्ट मार्टम गर्न जिल्ला पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । मृतक अहिरलाई उनको साथी सुरेन्द्र गिरी र गिरीको भाउजु फुलमति गिरीले नै सुनियोजित तरिकाले हत्या गरेको पीडित परिवारको आरोप छ । घटनापछि आरोपित गिरी र भाउजु फूलमति दुबै फरार रहेको प्रहरीले जनाएको छ । असोज १३ गते नवमीको दिन मृतक र गिरीको घरपरिवारसँग सानो विषयमा झै–झगडा भएको थियो । विवाद मिलाउन भनी गिरीले अहिरलाई लगेको पीडित पक्षले बताए । हत्यारालाई कडाभन्दा कडा सजायको माग गर्दै मृतकको दाइ बासुदेव अहिरले सोमवार जिल्ला प्रहरी कार्यालय परासीमा किटानी जाहेरी दिएका छन् । अहिरलाई उनको साथी गिरी र फूलमतिले नै हत्या गरेको शंकामा गिरीको बुवा र भाईलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ भने फरार अभियुक्तलाई खोजतलास समेत गरिरहेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon , Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports