Incident Reports

तस्करीको ६ किलो सुन लुकाएको आरोपमा युवकको हत्या

2017-09-30

Bagmati, Kathmandu, Kathmandu, Ward 15

सुन तस्करीसम्बन्धी विवादमा रसुवाका एक युवकको हत्या भएको छ । तस्करीको सुन लुकाएको आरोपमा रसुवा घत्लाङका २९ वर्षीय गगन तामाङको दसैँको टीकाको दिन स्वयम्भूमा हत्या भएको हो । हत्यामा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ । केही व्यक्ति फरार रहेकाले घटनाको अनुसन्धान जारी रहेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दिवेश लोहनीले जानकारी दिए । ६ किलो सुन लुकाएको आरोपमा तामाङको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । चीनबाट रसुवागढी नाका हुँदै ल्याइएको १८ किलो सुन मोटरसाइकलमा लुकाएर बोक्ने जिम्मा तामाङलाई दिइएको थियो । तर, उनले १८ मध्ये १२ किलो मात्र दिई ६ किलो सुन लुकाएको आरोप तस्करीमा संलग्न व्यक्तिहरूले लगाएका थिए । ६ किलो सुनको बजार मूल्य करिब तीन करोड रुपैयाँ पर्दछ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Criminal
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports