Two cadres each of Federal Socialist Forum Nepal and Nepali Congress were injured during a clash between Forum and NC at Thalaha Tole of Surunga Municipality-10 of Saptari district. The clash erupted when NC cadres went to Forum cadre's home and started verbal abuse and thrashing. The injured are Ganesh Goit and Kishnu Dev Yadav of Forum and Bhola Prasad Yadav, Umesh Yadav and Sankar Mukhiya of Mahal Samaj trying to control the situation under control.
सप्तरीको सुरुङ्गा नगरपालिका वडा न.१० स्थित थलहा टोलमा संघीय समाजवादी फोरम नेपाल र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । सो झडपमा परी फोरम नेपालका स्थानीय दुई जना र नेपाली काँग्रेसका तीन जना कार्यकर्ता घाइते भएका छन् ।
काँग्रेसका कार्यकर्ताहरुले फोरम नेपालका कार्यकर्ताको घरमा पुगेर गालीगलौज तथा कुटपिट गरेपछि भएको झडपमा परी पाँच जना घाइते भएका हुन । घाइते हुनेहरुमा फोरमका गणेश गोईत र किसुनदेव यादव तथा नेपाली काँग्रेसका भोला प्रसाद यादव, उमेश यादव र झडप बचाउने क्रममा महाल समाजका शंकर मुखिया रहेका छन् ।