Incident Reports

पत्रकारमाथि आक्रमणको निन्दा

2017-10-06

नेपाल पत्रकार महासङ्घ कालीकोटले महासङ्घका केन्द्रीय पार्षद् तथा प्रेस सेन्टर कालीकोटका अध्यक्ष अर्जुनप्रसाद भट्टराई माथि भएको आक्रमणको निन्दा गरेको राससले जनाएको छ । नेपाल पत्रकार महासङ्घ कालीकोटका अध्यक्ष तुलाराम पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा घाइते पत्रकारको उपचार तथा दोषीउपर कारबाहीका लागि सरकारसँग माग गरिएको छ । त्यसैगरी विभिन्न सङ्घ सङ्गठनले पनि घटनामा संलग्न दोषीउपर कारबाहीका लागि स्थानीय प्रहरी प्रशासनसँग माग गरेका छन् । असोज २० गते साँझ भएको आक्रमणमा घाइते पत्रकार अर्जुनप्रसाद भट्टराईको उपचार जिल्ला अस्पताल कालीकोटमा हुन नसेकेपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएको छ । पत्रकार भट्टराईको टाउकोमा गम्भीर चोट लागेको छ भने पिसाबबाट समेत रगत बगेको र अहिले उनको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
Total Injured 1
INSEC , National/Online Media , Local Newspaper - Jumla

0 Comments