Incident Reports

बेचबिखनका लागि इराक लैजाँदै गरेको आशङ्कामा तीन जनाको उद्धार

2017-10-05

Lumbini, Rupandehi, Sainamaina, Ward 6

१८ वर्षीया दुई जना महिला र १७ वर्षीया एक जना बालिकालाई राम्रो जागिर लगाईदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै इराक लैजाँदै गरेको आशङ्कामा केआई नेपाल नामक संस्थाको सहयोगमा प्रहरीले बेलहिया नाकाबाट असोज १९ गते साँझ उद्धार गरेको छ । सिन्धुपाल्चोकको जुगल गाँउपालिका-३ का अन्दाजी ४० वर्षीय गणेशमान तामाङले पीडित त्रयलाई प्रलोभन देखाएर बेचबिखनको लागि लैजान लागेको प्रहरीको आरोप छ । आरोपित फरार रहेको प्रहरीले जनाएको छ । इराक जान हिँडेका पीडितहरूसँग वैदेशिक रोजगारीमा जाँदा चाहिने पासपोर्ट, नागरिकतालगायतका कागजात केही पनि नभएको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 3
Female Abducted 3
Youth Abducted 3
INSEC

0 Comments