Incident Reports

घूससहित अदालतका कर्मचारी पक्राउ

2017-10-09

सेवाग्राहीसँग घूस लिंदै गर्दा जिल्ला अदालत काभ्रेका नायव सुब्बा सूर्यबिनायक नगरपालिका १० का राजेन्द्र खत्री पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खत्रीको स्कुटरमा राखेको १ लाख २५ हजार नगद बरामद गरेको हो । बढी कैद सजायको त्रास देखाउँदै खत्रीले सिन्धुपलाञ्चोकका सुदीप दुलालको परिवारबाट रकम असुलेका थिए । सुदीपले चलाएको बा ३ ख ८४०४ नम्बरको ट्रिपर र बा १५ ड ३५६८ नम्बरको जिप ठोक्किदा चालक पूर्णबहादुर पाण्डे र प्रदीप शिवाकोटी घाइते भएका थिए । घाइते दुवैको दुलालको परिवारले उपचार खर्च बेहोरेर डिस्चार्ज भइसकेका छन् । अंगभंग मुद्दामा ८ वर्षसम्म कैद हुनसक्ने त्रास देखाउँदै खत्रीले रकम असुलेका हुन् । दुलाल भने सोमबार नै न्यायाधीश श्यामसुन्दर अधिकारीको आदेशबाट ५ हजार धरौटीमा रिहा भएका छन् । खत्रीले आजै रकम बुझेलगत्तै अख्तियारको टोलीले पक्राउ गरेको हो ।

0 Comments

Related Reports
Related Trend Analysis