Incident Reports

एमालेको तर्फबाट वडा सदस्यको उम्मेदवार बनेकी महिलाको श्रीमानको हत्या

2017-10-09

Madhes, Siraha, Karjanha

सिरहाको कर्जन्हा नपा १० प्रयागपुर चौकमा गएराती एक युवकको धारीलो हातियारले घाटी रेटी हत्या गरेको छ । आफ्नै घरमा सुतिरहेको वेला गएराती राती ३५ वर्षिय शशिभुषण प्रसाद साहको हत्या भएको प्रहरीले जनाएको छ । राती अवेर मिर्चैयाबाट साथीहरुसँग मतिरा सेवन गरी आएका उनी काठको दुइतल्ले घरका भुइतल्लामा एक्लै सुतेका वेला उनको हत्या भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी गज्जुसिद्धि बर्जाचार्यले जानकारी दिए । माथिल्लो तल्लामा सुतिरहेकी श्रीमती राती १ः३० बजे तिर शौचगर्न तल झर्दा श्रीमान सुतेको घरको ढोका खुल्ला देखेपछि गई हेर्दा श्रीमान मृत अवस्थामा देखेको प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा संलग्नहरुको खोजी भईरहेको जनाएको छ । साहको शव पोष्टमार्टमको लागि लहास्थित राउ स्मारक अस्पताल लगिएको छ । साह केही महिना अघिमात्र हात हतियार तथा खरखजाना मुदामा जेल सजाय भुक्तान गरी घर आएको जनाइएको छ । असोज २ गते सम्पन्न स्थानीय तहको चुनावमा उनकी श्रीमती नेकपा एमालेको तर्फबाट वडा सदस्यमा उम्मेवादर वनेकी थिईन । यसैलाई लिएर विपक्षीले आफ्नो श्रीमानको हत्या गरेको हुनसक्ने उनीहरुले आशंका गरेका छन् । साहको २ छोरा र २ छोरी रहेको जनाएको स्थानीयले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Police website , Local Newspaper - Dhanusha , Local Newspaper - Mahottari , Local Newspaper - Morang

0 Comments

Related Reports