Incident Reports

S.P beats constable and police officers

2017-10-06

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 6

SP Ashok Singh, Police Chief of Kaski district was arrested for beating a constable and 2 police officers. SP Singh beat constable Suresh Ram Mahar and Police officers Arvind Tiwari and Lal Bahadur Thapa near Pame Police Station, Lakeside on 6th of October. Tiwari's finger has been injured. It has been said that they got beaten because of a woman. It is reported that Assistant Sub Inspector and station in charge Jil Bahadur Bhandari went to Parbat as his mother was ill. After he went to Parbat, constable Suresh Ram Mahar was given the responsibility of in charge. On the same day, a woman whose surname was Puri, drank alcohol and vandalized her brother's home. Her brother tied her up with a rope and called the police. Constable Mahara then took her to the police station and slapped her. On the very next day, the woman complained that she was mistreated by the police constable in the jail. After knowing this, SP Singh called the constable and the police officers and beat them. कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले एक प्रहरी हवल्दार र २ प्रहरी जवानमाथि कुटपिट गरेका छन् । एसपी सिंहले लेकसाइडस्थित पामे प्रहरी चौकीमा खटिएका प्रहरी हवल्दार सुरेशराम महर तथा प्रहरी जवानद्वय अरविन्द तिवारी र लालबहादुर थापालाई शुक्रबार कुटेका हुन् । तिवारीको दाहिने हातको बुढी औंलामा चोट लागेको छ । एक पुरी थरकी महिलाका कारण प्रहरी हवल्दार तथा जवानहरुले कुटाइ खाएको बताइएको छ । घटनाको विवरण अनुसार चौकीका ईञ्चार्ज असई जिलबहादुर भण्डारी आमा विरामी भएर असोज २० गते शुक्रबार पर्वतस्थित घर गएका थिए । वडा प्रहरी कार्यालय वैदामका प्रमुख प्रहरी निरिक्षक वसन्त शर्मासँग विदा मागेर असई भण्डारी पर्वत गएपछि हवल्दार सुरेशराम महरलाई ईञ्चार्जको जिम्मेवारी दिइएको थियो । त्यही दिन बेलुका विदेशीसँग विवाह गरेकी पुरी थरकी एक महिला मादक पदार्थ सेवन गरी दाजु दीपक पुरीको घरमा तोडफोड गरेकी थिइन् । घटनापछि दीपकले उनलाई डोरीले बाँधेर प्रहरीलाई खबर गरे । लगत्तै गएको प्रहरीको टोलीले बाँधेकी महिलालाई फुकाई दिनुका साथै अभद्र ब्यबहार नगर्न भने । तर, दीपकले दिदीलाई एक/दुई झापड हानेर भएपनि सम्झाई दिन हवल्दार महरलाई आग्रह गरे । हवल्दार महरले महिलालाई कार्यालयमा ल्याएर एक/दुई झापड हाने । भोलिपल्ट आफूमाथि अभद्र व्यवहार भएको भन्दै महिलाले प्रहरीमा निवेदन दिइन् । लगतै एसपी सिंहले पामे प्रहरी चौकीमा कार्यरत सबै प्रहरीलाई जिप्रका बोलाएर कुटपिट गरेका हुन् । एसपी सिंहले काम गर्ने क्रममा गलत गरेकाले जिप्रका झिकाएको तर, नकुटेको बताएका छन् । घटनालगत्तै विदामा गएका असई जिलबहादुर भण्डारीलाई समेत पर्वतबाट झिकाएर जिल्ला प्रहरी कार्यालयमा हाजिर गराइएको छ । हाल असई भण्डारी, प्रहरी हवल्दार महर र प्रहरी जवानद्वय त्रिपाठी र थापा जिप्रकामै छन् । पामेमा भने जिप्रकाबाट असईको नेतृत्वमा नयाँ टिम पठाएको बुझिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Total Injured 3
National/Online Media

0 Comments