Incident Reports

बिहेको भोजमा रक्सी मातेर झगडा, दुई जना घाइते

2017-10-12

Karnali, Salyan, Dhorchaur, Ward 2

सल्यानमा विवाहको भोज खाँदै गर्दा झडप भएपछि दुई जना घाइते भएका छन् । जिल्लाको ढोरचौर गाउँपालिका –२, भाँगाचौर निवासी उदय राम चलाउनेको छोरा वुद्धिराम चलाउनेको विवाहमा भोज खाँदै गर्दा विवाद भएपछि झडप भएको थियो । झडपमा परी २५ वर्षका प्रेम बुढाथोकी र २७ वर्षका नविन बुढाथोकी घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ती दुबै जनाको टाउकोमा चोट लागेको छ । घाइतेहरुको श्रीनगरमा सामान्य उपचारपछि थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । विवाहमा भोज खाँदै गरेको ठाँउमा रक्सी खाएर प्रेम बुढाथोकी र नविन बुढाथोकीले होहल्ला गरेपछि विवाद उत्पन्न भएको थियो । विवादले उग्ररुप लिएपछि प्रेम र नविनका साथै स्थानीय २२ वर्षका भरत चलाउने र १९ वर्षका गोपाल चलाउनेको बिचमा हात हालहालसँगै कुटाकुट भएको थियो । घटना पछि भरत चलाउने र गोपाल चलाउने फरार रहेको र उनीहरुको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 2
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports