Incident Reports

13-year-old boy injured

2017-10-15

Province 1, Solukhumbu, Dudhkoshi, Ward 7

13-year-old Tanka Rai from Dudhkoshika rural municipality of Solukhumbu district has been injured after an unidentified group opens fire inside the jungle. A fire was shot around 7 am, police said. An injured child is receiving treatment at a district hospital. Police have arrested three suspects for the further investigation. सोलुखुम्बुको दुधकौशीका गाउँपालिका–९ लोखिमका कमल राईका छोरा १३ वर्षका टंक राई गोली लागेर घाइते भएका छन् । जगंलमा जाँदा बिहान ७ बजेतिर भरुवा बन्दुकको गोली लाग्दा उनी घाइते भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रधुम्न अधिकारीले जानकारी दिनुभयो । गोली लागी बालकको हात, टाउको र ढाडमा चोट लागेको छ । बालकलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिने तयारी गरिएको भए पनि मौसम राम्रो नहुँदा हेलिकप्टर आउन नसकेपछि अहिले स्थानीय स्यास्थ्य चौकीमै उपचार भईरहेको प्रहरीले जनाएको छ । गोली कसले चलाएको हो अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घटनामा सलंग्न रहेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ । update.................................... जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले १३ वर्षका बालकलाई भरुवा बन्दुक प्रहार गरी घाइते बनाएको घटनामा संलग्न रहेका व्यक्तिहरुलाई मगंलबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यलय सोलुखुम्बु मगंलबार पत्रकार सम्मेलन गरी पक्राउ परेका ३ जनालाई भरुवा बन्दुक, त्यसमा लाग्ने गोली र बारुदसहित सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा दुधकौशिका गाउँपालिका वडा नं ९ बस्ने २८ वर्षका धनवहादुर तामाङ, २० वर्षका बुद्धलाल तामाङ र ४६ वर्षका आसना तामाङ छन् । शनिबार दूधकौशीका गाउँपालिका ३, लोखिममा १३ वर्षका बालक टंकराम राईलाई गोली प्रहार गरी घाइते बनाउने तीन जनालाई अवैध बन्दुक र गोलीसहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई सोलुखुम्बु जिल्ला अदालतमा पेश गरी म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइते बालकको आइतबार काठमाडौं रेफर गरी त्रिवि शिक्षण अस्पतालमा आइसियूमा राखेर उपचार भइरहेको छ । बालकको टाउको, ढाड र हातमा चोट लागेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Homemade/traditional firearms
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media , Local Newspaper - Morang

0 Comments