Incident Reports

सोलुखुम्बुमा गोली लाग्दा १३ वर्षका बालक घाइते(updated)

2017-10-15

Province 1, Solukhumbu, Dudhkoshi, Ward 7

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले १३ वर्षका बालकलाई भरुवा बन्दुक प्रहार गरी घाइते बनाएको घटनामा संलग्न रहेका व्यक्तिहरुलाई मगंलबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यलय सोलुखुम्बु मगंलबार पत्रकार सम्मेलन गरी पक्राउ परेका ३ जनालाई भरुवा बन्दुक, त्यसमा लाग्ने गोली र बारुदसहित सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा दुधकौशिका गाउँपालिका वडा नं ९ बस्ने २८ वर्षका धनवहादुर तामाङ, २० वर्षका बुद्धलाल तामाङ र ४६ वर्षका आसना तामाङ छन् । शनिबार दूधकौशीका गाउँपालिका ३, लोखिममा १३ वर्षका बालक टंकराम राईलाई गोली प्रहार गरी घाइते बनाउने तीन जनालाई अवैध बन्दुक र गोलीसहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई सोलुखुम्बु जिल्ला अदालतमा पेश गरी म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइते बालकको आइतबार काठमाडौं रेफर गरी त्रिवि शिक्षण अस्पतालमा आइसियूमा राखेर उपचार भइरहेको छ । बालकको टाउको, ढाड र हातमा चोट लागेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Homemade/traditional firearms
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media , Local Newspaper - Morang

0 Comments

Related Reports