Incident Reports

पतिमाथि कारबाहीको माग गर्दै प्रहरीमा उजुरी l

2013-06-19

Province 1, Khotang, Ainselukhark, Ward 1

DM Chamling खोटाङ । ०७० असार ५ गते राखावाङ्देल गाविस-३ की २७ वर्षीया राधा मोची नेपालीले आफूलाई पतिले घरनिकाला गरेको भन्दै असार ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पति ३० वर्षीय पूर्ण मोची नेपालीले विनाकारण पटक पटक आफुलाई कुटपिट गर्दै आएको र असार ३ गतेदेखि घरबाट समेत निकाला गरेको भन्दै आफ्नो जीउधनको सुरक्षा र आरोपितमाथि तत्काल कारबाहीको माग गर्दै उनले प्रहरीमा उजुरी दिएकी हुन् । आरोपितलाई कार्यालयमा बोलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर दुर्गा रेग्मीले बताए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis