Incident Reports

तस्कर र वन रक्षकबीच झडप

2017-10-16

गढन्ताको जंगलमा काठ तस्कर र वन गस्तीको टोलीबीच सोमबार झडप भएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र वन रक्षक (सवर) ले चार राउन्ड फायर गरेको छ । जिल्ला वन प्रमुख (डीएफओ) राजेन्द्र जयसवालका अनुसार रात्रिकालीन गस्तीका क्रममा करिब साढे २ बजेतिर गढन्ताको जंगलमा पुगेका वनकर्मीलाई २५/३० जनाको संख्यामा रहेका हतियारधारी काठ तस्करले घेरा हाली आक्रमणको प्रयास गरेपछि आत्मरक्षाका लागि फायर खोल्नुपरेको हो । सशस्त्र वन रक्षकसहित सहायक वन अधिकृत दिनकरदयाल साहको कमान्डमा रहेको ७ जनाको गस्तीमाथि आँखामा टर्च बाल्दै ढुंगामुढाले आक्रमण गर्न थालेपछि अवस्था जटिल बनेको गस्तीमा संलग्न वनकर्मीलाई उद्धृत गर्दै जयसवालले जनाए । हवाई फायरपछि तस्कर तितरबितर भएका थिए । घना जंगल र अँध्यारोको फाइदा उठाउँदै काठ तस्कर भागेपछि उनीहरूले अवैधरूपमा काटेको २० क्युफिट बराबरका साखु जातका ३ थान गोलिया गस्ती टोलीले बरामद गरेको छ । डीएफओ जयसवालका अनुसार घटनापछि जंगली क्षेत्रमा अहिले गस्ती र निगरानी तीव्र पार्नुका साथै घटनाको सूक्ष्म अनुसन्धान थालिएको छ । गत साता बर्दिवास–३ स्थित पाटुको जंगलबाट साखुका करिब ६ क्युफिट काठसहित पक्राउ परेका ५ जना काठ तस्करको घटनासँग गढन्ताको घटनालाई जोडेर वन कार्यालयले अध्ययन थालेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 7
Actor 2 - Affiliation Security forces (unspecified)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports