Incident Reports

काठमाडौंको म्हैपीमा गोली चल्यो, एक घाइते, ५ पक्राउ

2017-10-22

Bagmati, Kathmandu, Kathmandu

राजधानीको म्हैपीमा आज बिहान गोली चलेको छ । गोली लागेर एकजना घाइते भएका छन् । काठमाडौं प्रहरी परिसरले दिएको जानकारी अनुसार गोली लागेर कल्याण गुरुङ नाम गरेका युवक घाइते भएका छन् । घुँडामुनि गोली लागेका गुरुङलाई उपचारका लागि शिक्षण अस्पताल महामराजगञ्ज पुर्‍याइएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकका अनुसार आज विहान साढे ३ बजेतिर उक्त घटना भएको हो । घटनापछि प्रहरीले शंकास्पद ५ जनालाई पक्राउ गरेको धानुकले अनलाइनखबरलाई बताए । म्हैपीस्थित सडकमा स्कुटरमा हिँडिरहेका बेला एक समूहले बाटो छेकेर गोली प्रहार गरेको गुरुङ निकट स्रोतको भनाइ छ । प्रहरी स्रोतका अनुसार शनिबार राति लैनचौरस्थित एक डिस्कोमा नाच्न भेला भएका समूहवीच झगडा भएको थियो । सोही झगडाका कारण बिहान साढे ३ बजेतिर गोली चलेको प्रहरीको प्रारम्भिक अनुमान छ । राति डिस्कोमा झगडा भएको र विहान गोली चलेको पुष्टि गर्दै एसएसपी दिवेश लोहनीले घटनाबारे अनुसन्धान भइरहेकोे अनलाइनखबरलाई बताए । राजधानीमा अघिल्लो साता निर्माण व्यवसायी शरदकुमार गौचनको गोली हानी हत्या भएको थियो । गौचनको हत्या हुनुभन्दा केही समयअघि प्रहरीले राजधानीबाटै साना हतियारसहित केही व्यक्तिलाई पक्राउ गरेको थियो । आज लैनचौर डिस्कोमा भएको गोलीकाण्डले राजधानीमा साना हतियारको बिगबिगी बढेको देखाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Police website , Local Newspaper - Dhanusha , Local Newspaper - Rautahat

0 Comments

Related Reports