Incident Reports

Police free abducted Indian businessman

2017-10-15

Madhes, Saptari, Saptakoshi

An Indian businessman, who was kidnapped from Kanchanrup Municipality of Saptari, was rescued on Friday evening. Textile businessman, Amit Kumar Sarada of Bhim Nagar Gram Panchayat 10 in Supaul district in India, was kidnapped on October 15 and was being held at Sitapur in Kanchanrup Municipality-12, informed Saptari Police Chief SP Mukesh Kumar Singh. The police, acting on a tip off, surrounded the area where Sharda was being held and arrested two persons involved in the crime. Police have also seized two set of country-made pistol and a car with Indian registration number-DL 3 CAA 8956 used during the abduction. SP Singh informed that the names of the arrested individuals are being kept under wraps as the police is searching for other perpetrators linked to the abduction. Meanwhile, the police is preparing to handover Sharada to his family members. गत असोज २९ गते सप्तरीको कञ्चनरुप नगरपालिकाबाट अपहरणमा परेका भारतीय कपडा ब्यापारी अमित शारदालाई सप्तरी प्रहरीले शुक्रवार राति अपहरणकारीको कब्जावाट सकुशल मुक्त गराएका छन् । सप्तरीको कञ्चनरुप नगरपालिका १२ सितापुरवाट ब्यापारी शारदालाई अपहरणकारीको कब्जावाट सकुशल मुक्त गराइएको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी दिए । अपहरणकारीले ब्यापारी शारदालाई राखेको स्थानको वारेमा गोप्य सुचना आएपछि प्रहरीले उनलाई राखिएको स्थानलाई घेरा हालेपछि अपहरणकारीको कब्जावाट उनलाई मुक्त गराउन प्रहरी सफल भएको हो । अपहरणकारीहरुले ब्यापारी शारदालाई कंचनरुप नगरपालिका १२ स्थित अम्बरबहादुर मगरको घरमा बन्धक वनाएर राखेका थिए । सोही घरलाई घेराहाली प्रहरीले उनलाई मुक्त गराएको हो । ब्यापारी शारदालाई अपहरणमुक्त गराउने क्रममा प्रहरीले संलग्न ३ जनालाई २ थान नलकटुवा पेस्तोल सहित नियन्त्रणमा लिएको एसपी सिंहले जानकारी दिए । अपहरणका सल्गन भएको आरोपमा प्रहरीले कंचनरुप ४ का अमरनाथ विश्वास, वडा नम्बर ७ का पशुपति भनिने पुस्कर महतो तथा वडा नम्बर ६ का शैलेन्द्रकुमार गुप्तालाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा उनीहरुलाई सार्वजनिक गरियो । सोही पत्रकार सम्मेलनमा अपहरणमुक्त भएका ब्यापारी शारदालाई समेत उनको परिवारको जिम्मा लगाईयो । प्रहरीले ब्यापारी अपहरणमा प्रयोग गरिएको डिएल थ्री सि एए ८८५६ नम्बरको भारतीय नम्बर प्लेटको सेन्ट्रो कार समेत नियन्त्रणमा लिएको छ । ब्यापारी शारदाको अपहरण फिरौती असुलीकै लागि गरिएको प्रारम्भिक अनुसन्धानवाट देखिएको एसपी सिंहले जनाए । ३ करोड फिरौती माग गर्ने र आएको रकम आफुहरुले बाडफाड गर्ने योजना अपहरणकारीहरुको रहेको प्रहरी अनुसन्धानवाट खुलेको छ । अपहरणमुत्त: भएका ब्यापारी शारदाले आफू रकम असुली गरि भारतीय बजार भिमनगर तर्फ फर्किने तयारीमा रहेका बेला कञ्चनपुरको हटिया नजिक जवरजस्ती भारतीय कारमा हालेर बेपतत्ता बनाएको र पछि अपहरणमा परेको थाहा पाएको सुनाए । सुनसरीसित सिमा जोडिएको भिमनगर वजारमा कपडाको ब्यापार गर्दे आएका भारतीय ब्यापारी ३३ वर्षिय अमित शारदाको अपहरण भएको थियो । शारदाका दाजु जुगलकिसोर शारदाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दर्ता गराउदै आफना भाई गत असोज २९ गतेदेखी नै फेला पर्न नसकेको बताएपछि उनको खोजीमा सप्तरी प्रहरी जुटेको थियो । सिमावर्ती वजार भिमनगरमा कपडाको ब्यापार गर्दै आएका अमितको कारोवार नेपाली ब्यापारीहरुसित पनि थियो । सोही क्रममा असोज २९ गते रकम असुलीका लागि उनी मारुतीमा सवार भई सप्तरीको कंचनपुर आएका थिए । असुलीका लागि कंचनपुर आएका उनी घर नफिर्कएपछि परिवारले अपहरण भएको अनुमान गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Abducted 1
Female Abducted 9
National/Online Media , Local Newspaper - Mahottari

0 Comments