Incident Reports

३ करोड फिरौती असुल्न भारतीय ब्यापारीको अपहरण

2017-10-15

Madhes, Saptari, Saptakoshi

गत असोज २९ गते सप्तरीको कञ्चनरुप नगरपालिकाबाट अपहरणमा परेका भारतीय कपडा ब्यापारी अमित शारदालाई सप्तरी प्रहरीले शुक्रवार राति अपहरणकारीको कब्जावाट सकुशल मुक्त गराएका छन् । सप्तरीको कञ्चनरुप नगरपालिका १२ सितापुरवाट ब्यापारी शारदालाई अपहरणकारीको कब्जावाट सकुशल मुक्त गराइएको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी दिए । अपहरणकारीले ब्यापारी शारदालाई राखेको स्थानको वारेमा गोप्य सुचना आएपछि प्रहरीले उनलाई राखिएको स्थानलाई घेरा हालेपछि अपहरणकारीको कब्जावाट उनलाई मुक्त गराउन प्रहरी सफल भएको हो । अपहरणकारीहरुले ब्यापारी शारदालाई कंचनरुप नगरपालिका १२ स्थित अम्बरबहादुर मगरको घरमा बन्धक वनाएर राखेका थिए । सोही घरलाई घेराहाली प्रहरीले उनलाई मुक्त गराएको हो । ब्यापारी शारदालाई अपहरणमुक्त गराउने क्रममा प्रहरीले संलग्न ३ जनालाई २ थान नलकटुवा पेस्तोल सहित नियन्त्रणमा लिएको एसपी सिंहले जानकारी दिए । अपहरणका सल्गन भएको आरोपमा प्रहरीले कंचनरुप ४ का अमरनाथ विश्वास, वडा नम्बर ७ का पशुपति भनिने पुस्कर महतो तथा वडा नम्बर ६ का शैलेन्द्रकुमार गुप्तालाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा उनीहरुलाई सार्वजनिक गरियो । सोही पत्रकार सम्मेलनमा अपहरणमुक्त भएका ब्यापारी शारदालाई समेत उनको परिवारको जिम्मा लगाईयो । प्रहरीले ब्यापारी अपहरणमा प्रयोग गरिएको डिएल थ्री सि एए ८८५६ नम्बरको भारतीय नम्बर प्लेटको सेन्ट्रो कार समेत नियन्त्रणमा लिएको छ । ब्यापारी शारदाको अपहरण फिरौती असुलीकै लागि गरिएको प्रारम्भिक अनुसन्धानवाट देखिएको एसपी सिंहले जनाए । ३ करोड फिरौती माग गर्ने र आएको रकम आफुहरुले बाडफाड गर्ने योजना अपहरणकारीहरुको रहेको प्रहरी अनुसन्धानवाट खुलेको छ । अपहरणमुत्त: भएका ब्यापारी शारदाले आफू रकम असुली गरि भारतीय बजार भिमनगर तर्फ फर्किने तयारीमा रहेका बेला कञ्चनपुरको हटिया नजिक जवरजस्ती भारतीय कारमा हालेर बेपतत्ता बनाएको र पछि अपहरणमा परेको थाहा पाएको सुनाए । सुनसरीसित सिमा जोडिएको भिमनगर वजारमा कपडाको ब्यापार गर्दे आएका भारतीय ब्यापारी ३३ वर्षिय अमित शारदाको अपहरण भएको थियो । शारदाका दाजु जुगलकिसोर शारदाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दर्ता गराउदै आफना भाई गत असोज २९ गतेदेखी नै फेला पर्न नसकेको बताएपछि उनको खोजीमा सप्तरी प्रहरी जुटेको थियो । सिमावर्ती वजार भिमनगरमा कपडाको ब्यापार गर्दै आएका अमितको कारोवार नेपाली ब्यापारीहरुसित पनि थियो । सोही क्रममा असोज २९ गते रकम असुलीका लागि उनी मारुतीमा सवार भई सप्तरीको कंचनपुर आएका थिए । असुलीका लागि कंचनपुर आएका उनी घर नफिर्कएपछि परिवारले अपहरण भएको अनुमान गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Abducted 1
Female Abducted 9
National/Online Media , Local Newspaper - Mahottari

0 Comments

Related Reports