Incident Reports

बालिका बलात्कार आरोपित गिरफ्तार l

2013-06-21

Dipen Neupane मोरङ । ०७० असार ७ गते एक आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुन्दरपुर गाविस-९ का ३४ वर्षीय अमर उराउलाई प्रहरीले असार ७ गते गिरफ्तार गरेको छ । आरोपितले पीडितको घरैमा गई बलात्कार गरेको पीडित पक्षले असार ७ गते इलाका प्रहरी कार्यालय बेलबारीमा दिएको उजुरीमा उल्लेख छ । सो कार्यालयका सई प्रदीप पोखरेलकाअनुसार, घटना असार ६ गते राति भएको थियो । पीडितको स्वास्थ्य परीक्षण असार ७ गते उर्लाबारी गाविस-६ स्थित मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्रमा भएको छ । आरोपितलाई इलाका प्रहरी कार्यालय बेलबारीमा अनुसन्धानका लागि राखिएको छ । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis