Incident Reports

RJPN leaders stage sit-in demanding changes in PR list

2017-10-18

Bagmati, Kathmandu, Kathmandu, Ward 11

Leaders of Rastriya Janata Party-Nepal, including two General Secretaries, staged a sit-in at party office in Kathmandu on Wednesday demanding correction to the list of candidates for Proportional Representation (PR) category. Party's General Secretary duo Keshav Jha, Peshal Dhakal and around a dozen leaders have staged sit-in party office in Babarmahal. General Secretary Jha blamed the party of preparing the list in unilateral manner and said they would begin relay hunger strike if their demands were not addressed by Bhai Tika. Political parties on Sunday submitted the closed lists of their candidates to the Election Commission for the proportional representation category of the federal and provincial elections. राजपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फका उम्मेदवारको सूचीलाई लिएर पार्टीभित्र तनाव उत्पन्न भएको छ । सूची सच्याउन माग राख्दै राजपाका महासचिवद्वय केशव झा, पेशल ढकालसहित मनिष मिश्र, दीपक अग्रवाल, विनोदकुमार मण्डल, इन्दु गुप्तालगायतले बुधबार पार्टी कार्यालय बबरमहलमा धर्ना सुरु गरेका छन् । उनीहरूले कात्तिक ४ गतेसम्म दैनिक तीन घन्टा धर्ना दिने, माग पूरा नभए ५ गतेदेखि रिले अनशनमा बस्ने कार्यक्रम घोषणा गरेका छन् । पार्टीको साधारण सदस्यसमेत नरहेकालाई समानुपातिकतर्फको उम्मेदवारको सूचीमा राखिएको भन्दै राजपाको एउटा पक्ष धर्नामा उत्रिएको छ । राजपाले निर्वाचन आयोगमा बुझाएको सूचीमा रहेका नरमाया ढकाल, निमाछिरिङ शेर्पा, लीलाराम भण्डारी, निलमदेवी भुमियारीलगायतका व्यक्तिको नाम हटाउन उनीहरूले माग राखेका छन् । यसैगरी यसअघि एकपटक पार्टीको लाभको पदमा बसिसकेकालाई समानुपातिकको सूचीबाट हटाउन पनि उनीहरूले अडान राखेका छन् । यसअघि लाभको पदमा बसिसकेकालाई समानुपातिकको सूचीबाट हटाउने हो भने चन्दा चौधरी, अकवाल अहमदलगायतका नाम हटाउनुपर्ने हुन्छ । पार्टीले आयोगमा बुझाएको सूचीको दोस्रो नम्बरमा चन्दा र तेस्रो नम्बरमा अकवालको नाम छ । नामै नसुनिएका र पार्टीको साधारण सदस्यसमेत नरहेकालाई उम्मेदवार सूचीमा समावेश गरिएको उनीहरुको आरोप छ । स्रोतका अनुसार स्याङ्जाकी नरमाया ढकालको नामले राजपाभित्र विवाद उत्पन्न भएको छ । ढकालको नाम राजेन्द्र महतोले सिफारिस गरेका हुन् । उनको नाम सूचीको चौथो नम्बरमा छन् । जबकि, पार्टीका वरिष्ठ नेता निर्जला राउत र रामनरेश रायको नाम पाँचौं र छैटौं नम्बरमा छ । ‘नाम नसुनिएका व्यक्तिको नाम माथि राख्ने तर पार्टीका वरिष्ठ नेताको नाम तल राख्ने, यो कतिसम्म अन्याय हो’, धर्नामा सहभागी झाले भने । स्रोतका अनुसार सातौं नम्बरमा रहेका शेर्पाको नाम राख्न अनिल झाले सिफारिस गरेका थिए । यसैगरी राजकिशोर यादवले लीलाराम भण्डारीको नाम सिफारिस गरेका थिए । समानुपातिकमा सिफारिस गरिएकाको वरियता क्रम नमिलेको असन्तुष्टको भनाइ छ । ‘नाम सिफारिस गर्दा सामान्य मान्यता र विधि उल्लंघन गरिएको छ । त्यसलाई सच्याउनुपर्ने आन्दोलनको माग हो,’ यसैगरी अनशनमा बसेको राजपाका अर्का नेता मनिष मिश्रले भने । स्रोतका अनुसार राजपाको सूचीमा आठौं नम्बरमा लीलाराम भण्डारी, नवौंमा किरनकुमारी यादव, दसौंमा लक्ष्मण यादव, ११ औंमा खातुन राई, १२ औंमा श्रीमान् नारायणको नाम छ । यसैगरी १३ औंमा गजाधर यादव, १४ औंमा अर्जुन उप्रेती, १५ औंमा इन्दिरा झा र १६ औंमा निलम बर्माको नाम सिफारिस गरिएको छ । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको नाम पहिलो नम्बरमा छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Strike/Bandh
Primary Cause Election-related incident
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth na
National/Online Media

0 Comments