Chhetu Sherpa
सङ्खुवासभा । ०७० असार ६ गते
एक चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धुपु गाविस-२ का एक १४ वर्षीय तामाङ थरका एक बालकलाई असार ६ गते गिरफ्तार गर्यो ।
पीडित परिवारले आरोपितले बालिकालाई असार ४ गते बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा असार ६ गते उजुरी दर्ता गराएपछि प्रहरीले बालकलाई सोही दिन गिरफ्तार गरेको हो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण खाँदबारी अस्पताल गरिएको प्रहरीले बतायो । आरोपित बालक जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन् ।
छेटु शेर्पा