Incident Reports

पेट्रोल खन्याएर साथीको हत्या गर्न खोज्नेविरुद्ध मुद्दा दायर

2017-10-21

Gandaki, Nawalparasi West, Madhyabindu, Ward 9

पेट्रोल छर्केर साथीको हत्या गर्ने प्रयास गरेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार नियन्त्रणमा लिइएका उनीहरुविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाएको छ । भाइटिकाको दिन मध्यराति नवलपरासीको मध्यविन्दु नगरपालिका-९ मगरटोल बस्ने ३५ वर्षीय हिराबहादुर थालालाई गाउँकै हरि सोती र समिर कुमाललले पेट्रोल छर्केर आगो लगाइदिएका थिए । उनीहरु दुवैलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको हो । इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक नविनराज राईले ज्यान मार्ने उद्योगअन्तर्गत दुईविरुद्ध मुद्दा चलाइएको जानकारी दिए । साथीले पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते हुन पुगेका हिराबहादुरको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Local Newspaper - Chitwan

0 Comments

Related Reports