Incident Reports

Battered Wife Files Complaint against Husband

2013-06-23

Kathmandu/June 23 Kamala KC, 37, of Manmaiju VDC-3 has filed a complaint against her husband Rajendra KC, 38, on June 23 after being seriously beaten by him a night earlier. According to Kamala, he kicked her and punched her inflicting chest, abdomen, head and neck injuries. She said that her husband had kept a woman outside for six years and now that that woman have given birth, the husband was taking away the valuables of home to his mistress and neglecting her and the children adding when she questioned that, he assaulted her. Kamala got married 15 years ago and has a son and a daughter. Women and Children Service Centre’s inspector Sushila Pradhan said that action would be taken against the husband after arresting him. Vivek Dhungana काठमाडौँ । ०७० असार ९ गते काठमाडौँ मनमैजु गाविस-३ की ३७ वर्षीया कमला केसीलाई पति ३८ वर्षीय राजेन्द्र केसीले असार ८ गते राति निर्घात कुटपिट गरेका छन् । राजेन्द्रले लात्ती, मुढ्कीले कमलालाई कुटपिट गर्दा उनको छाती, पेट, कोख, टाउको र घाँटीमा चोट लागेको छ । उनको अनुहार कुटाईका कारण सुन्निएको छ । पीडित कमलाले आफुलाई सास फेर्न अफठ्यारो भैरहेको बताइन् । पीडितले घटनाको बारेमा असार ९ गते महानगरीय प्रहरी परिसर काठमाडौँ महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीमा उजुरी दिएकी छन् । पति राजेन्द्रको विगत ६ वर्षेदेखि एक महिलासँग सम्बन्ध रहेको र हाल ती महिला सुत्केरी भएकोले राजेन्द्रले घरको सम्पत्ति लिएर जाने, आफुलाई कुटपिट गर्ने, छोराछोरीको पालनपोषण नगर्ने गरेपछि किन यसो गरेको भनी सोध्दा आफुमाथि निर्घात कुटपिट गरेको पीडितले बताइन् । उनीहरूको २०५५ साल बैशाख २ गते सामाजिक परम्परा अनुसार विवाह भएको थियो । हाल उनीहरूको एक छोरा र एक छोरी रहेका छन् । अरोपितलाई गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाई पीडितलाई उचित न्याय दिलाउने सेवा केन्द्रकी इन्सपेक्टर सुशीला प्रधानले बताइन् । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis