Incident Reports

पतिद्वारा पत्नीमाथि निर्घात कुटपिट l

2013-06-23

Vivek Dhungana काठमाडौँ । ०७० असार ९ गते काठमाडौँ मनमैजु गाविस-३ की ३७ वर्षीया कमला केसीलाई पति ३८ वर्षीय राजेन्द्र केसीले असार ८ गते राति निर्घात कुटपिट गरेका छन् । राजेन्द्रले लात्ती, मुढ्कीले कमलालाई कुटपिट गर्दा उनको छाती, पेट, कोख, टाउको र घाँटीमा चोट लागेको छ । उनको अनुहार कुटाईका कारण सुन्निएको छ । पीडित कमलाले आफुलाई सास फेर्न अफठ्यारो भैरहेको बताइन् । पीडितले घटनाको बारेमा असार ९ गते महानगरीय प्रहरी परिसर काठमाडौँ महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीमा उजुरी दिएकी छन् । पति राजेन्द्रको विगत ६ वर्षेदेखि एक महिलासँग सम्बन्ध रहेको र हाल ती महिला सुत्केरी भएकोले राजेन्द्रले घरको सम्पत्ति लिएर जाने, आफुलाई कुटपिट गर्ने, छोराछोरीको पालनपोषण नगर्ने गरेपछि किन यसो गरेको भनी सोध्दा आफुमाथि निर्घात कुटपिट गरेको पीडितले बताइन् । उनीहरूको २०५५ साल बैशाख २ गते सामाजिक परम्परा अनुसार विवाह भएको थियो । हाल उनीहरूको एक छोरा र एक छोरी रहेका छन् । अरोपितलाई गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाई पीडितलाई उचित न्याय दिलाउने सेवा केन्द्रकी इन्सपेक्टर सुशीला प्रधानले बताइन् । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis