Incident Reports

ऋण माग्दा ‘छोरी र नातिलाई बन्धक'

2017-10-17

Province 1, Morang, Biratnagar

विराटनगरको सिद्धार्थ चोकका मन्टु साहले आर्थिक लेनदेन विवादमा ससुराली पक्षले श्रीमती र नाबालक छोरालाई बन्धक बनाएर राखेको बताएका छन् । विराटनगरमा आइतबार पत्रकार सम्मेलन गरी साहले असोज १८ गतेदेखि ससुराली पक्षले श्रीमती बबिता मण्डल र छोरा ७ वर्षीय आयुषलाई बन्धक बनाएर राखेको आरोप लगाएका हुन् । आफूलाई उनीहरूसँग भेट गर्न नदिएको उनले सुनाए । उनले ससुरा उदेश्वर मण्डल र सालो राजु मण्डलको योजनामा श्रीमती र छोरालाई आफूबाट छुटाएर लगेको आरोप लगाए । व्यापार गर्ने भनेपछि दुईपटक गरेर राजुलाई ६ लाख रुपैयाँ दिएको उल्लेख गर्दै उने त्यही रकम फिर्ता माग्दा श्रीमती र छोराबाटै अलग बनाएको गुनासो गरे । ‘व्यापार गर्ने भनेपछि मैले ससुरालीलाई सहयोग गरें', उनले भने, ‘त्यसको परिणाम अहिले मबाट श्रीमती र छोरालाई नै अलग बनाएर राखे ।' पैसा फिर्ता दिनुको साटो धम्की दिन गरेको उनको गुनासो छ । उनका अनुसार असोज ३१ गते जिल्ला प्रहरी कार्यालय मोरङमा यस विषयमा मिलापत्रसमेत भएको थियो । पैसासहित श्रीमती र छोरालाई फिर्ता गर्ने सहमति भए पनि ससुराली पक्षले बन्धक बनाएर राखेको उनको आरोप छ । उदेश्वरले भने छोरी माइतमा बसेको जानकारी दिँदै बन्धक बनाएर नराखेको प्रतिक्रिया दिए । ‘छोरी र ज्वाइँबीच कुरा मिलेनछ', उनले भने, ‘त्यही भएर छोरा लिएर छोरी माइतमै आएर बसेकी छ ।' उनले ज्वाइसँग लिएको ऋणको कुराभन्दा पनि छोरीलाई घरमा बस्न मन नलागेर माइत आएर बसेका कारण यस घटनालाई लिएर बन्धक बनायो भन्न उचित नहुने दाबी गरे ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Secondary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Group of civilians (only Target)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 2
Female Raped 2
Youth Raped 1
National/Online Media

0 Comments

Related Reports