Incident Reports

इलाका प्रहरी कार्यालयको हिरासतमा यातना दिएको भन्दै आयोगमा उजुरी

2017-11-01

Madhes, Sarlahi, Belhi Chapena, Ward 6

इलाका प्रहरी कार्यालय औरहीमा प्रहरी हिरासतमा रहेका औरही गाउँपालिका-४ बस्ने २१ वर्षीय जयकिशोर यादवलाई प्रहरीले यातना दिएको भन्दै कात्तिक १६ गते राष्ट्रिय मानव अधिकार आयोग जनकपुरमा उजुरी दिइएको छ । प्रहरीले हिरासतमा कुटपिट गरी यातना दिएको पीडित पक्षको आरोप छ । पीडित यादवको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । यादवको पैताला, गाला र ढाडमा चोट लागेको छ । गाईवस्तुको व्यापारीले एक हुल गाइवस्तु गाउँ भएर लैजाँदै गर्दा गाउँका केही व्यक्तिले अवरोध गरेको विषयमा प्रहरीले कात्तिक १३ गते यादवलाई गिरफ्तार गरेको थियो । पीडितलाई कुटपिट तथा यातना नदिएको बताउँदै जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रविन धितालले चोरीको घटनालाई दबाउन यस्तो बहाना बनाएको बताए । गाईवस्तु चराउने मानिसको मोवाइल चोरी गरेपछि ती मानिसले यादवलाई कुटपिट गरी इलाका प्रहरी कार्यालय औरहीमा जिम्मा लगाएको डीएसपी यादवको भनाई छ । राष्ट्रिय मानव अधिकार आयोगले यातना दिएको विषयमा जिल्ला प्रहरी कार्यालय धनुषामा पत्र पठाएको जनाएको छ । विनोदकुमार रविदास
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Torture
Weapons Unclear
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC

0 Comments