Incident Reports

भोजपुरमा विप्लव नेतृत्वको नेकपाद्वारा उम्मेदवारको घर कब्जा

2017-11-02

Province 1, Bhojpur, Bhojpur, Ward 12

भोजपुरबाट प्रदेशसभा सदस्यको उम्मेदवारी दिएका गोविन्दवहादुर कार्कीको घर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले कब्जा गरेको छ । उम्मेदवारी फिर्ता नगरेको नेकपाले घर कब्जा गरेको हो । नेकपाले एक विज्ञप्ती जारी गर्दै पटक पटक उम्मेदवारी फिर्ता गर्न अनुरोध गर्दा समेत नमानेकाले कार्कीकोे घर कब्जा गरेको जनाएको छ । भोजपुरबाट प्रदेशसभा सदस्यका उम्मेदवार कार्कीको घर भोजपुर नगरपालिका–१२ टक्सारमा पर्छ । कार्कीले प्रदेशसभा चुनावमा कांग्रेसकोतर्फबाट भोजपुर (ख) बाट प्रत्यक्षमा उमेदवारी दिनुभएको छ । यस विषयमा जानकारी लिदा उम्मेदवार कार्कीले आफलाई जानकारी नआएको बताउनुभयो । जिल्लामा रहेका अन्य उम्मेदवारको घर समेत कब्जा गर्ने योजना रहेको माओवादीका जिल्ला सेक्रेटरी मादेन किरातीले बताउनुभयो । यता जिल्ला प्रहरी कार्यालयले भने घर कव्जा नभएको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Secondary Form Threat/intimidation
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments

Related Reports