Incident Reports

ट्राफिक प्रहरीद्वारा ई-रिक्सा चालकलाई कुटपिट

2017-11-02

Lumbini, Rupandehi, Butwal, Ward 11

ट्राफिक प्रहरीले बुटवलमा ई-रिक्सा चालकलाई कुटपिट गरेको छ। डिउटीमा रहेका पश्चिम छेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी जवान नवीन भण्डारीले ना १ ह ७५०७ नम्बरको विद्युतीय रिक्सा चलाउने दुर्गा भुसाललाई बिहीबार दिउँसो बुटवल नेपालगंजरोड (तिनाउ पुल नजिकै) कुटपिट गरेका हुन्। चालक भूसालको अनुहारमा चोट लागेको छ। गुल्मी मदाने गाउँपालिका-६ पुर्कोटदहका भुसालले विगत तीन/चार महिना अगाडीदेखि बुटवलमा ई-रिक्सा चलाउंदै आएका थिए। ट्राफिक प्रहरीले पटक पटक बिना कारण ई-रिक्सा चालकहरु दुव्यवहार गरेको भन्दै रिक्सा व्यवसायी संघ, तथा ई रिक्सा चालक समिति बुटवलले ट्राफिकको व्यवहारमा सुधार नआए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। बिना कारण आफूलाई प्रहरीले हातपात गरेको भनि भुसालले दुख पोखे।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Rupandehi

0 Comments

Related Reports