Incident Reports

हत्या गरिएको अवस्थामा युवकको शव फेला

2017-11-05

Madhes, Mahottari, Balwa, Ward 7

महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका-७ बस्ने रामपुकार यादवका छोरा १६ वर्षीय पुजन यादवको हत्या भएकोे अवस्थामा फेला पारिएको छ। कात्तिक १७ गते राति घरबाट हराएका युवक यादवको खोजतलाश गर्दै जाँदा गएराति १० बजे बलवा नगरपालिका-११ स्थित अंकुशी खोलाको नहरको छेउमा रहेको सोगारथ महतोको धानखेतमा हत्या गरी फालिएको अवस्थामा शव फेला पारेको प्रहरी नायब उपरीक्षक बालकृष्ण पोखरेलले बताए । युवकको अनुहारको विभिन्न भाग र नाकबाट रगत बगेको तथा शरीर भरी निल डामका साथै घाँटी थिची मारिएको अवस्थामा शव फेला परेको उहाँले जानकारी दिए । मृतक युवकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको, हत्यामा संलग्न रहेको आशंकमा दुई जनालाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Mahottari , Local Newspaper - Dhanusha

0 Comments

Related Reports