Incident Reports

छ महिनाको अवधिमा २२ ओटा घरेलु हिंसाका उजुरी l

2013-06-22

DM Chamling Rai खोटाङ । ०७० असार ८ गते जनवरीदेखि हालसम्म महिला तथा बालबालिका कार्यालयमा २२ ओटा मात्र घरेलु हिंसा सम्बन्धी उजुरी प्राप्त भएको छ । गाउँगाउँमा हुने अधिकांश हिंसाका घटना गाउँस्तरमा रहेका पारालिगल कमिटीबाटै मिलापत्र हुने भएकाले उजुरीको संख्या एकदमै कमी आएको महिला तथा बालबालिका अधिकृत जुनु राईले बताइन् । सामान्य कुटपिट, गालीगलौज, झैझगडा जस्ता हिंसाका घटना गाउँस्तरबाटै मिलापत्र हुने गरेको र गम्भीर प्रकृतिका घटना मात्रै आफ्नो कार्यालयमा आउने गरेको उनको भनाइ छ । हालसम्म आएका घटनाहरूमध्ये घरेलु हिंसा, कुटपिट, शारीरिक तथा मानसिक यातना, अंशमुद्दा, बहुविवाह र बलात्कार जस्ता घटना रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । प्राप्त उजुरीको आधारमा पीडितलाई कानुनी सहयोग, परामर्श, छानबिन सहयोग, नातासम्बन्ध कायम र आर्थिक सहयोग जस्ता कार्य गरेको कार्यालयले जनाएको छ । जिल्लामा अत्याधिक घरेलु हिंसा, महिला हिंसा र बालअधिकार हननका घटना हुने र गाउँस्तरमा मिलापत्र हुने गरेको छ । बितेको छ महिनामा मात्रै गाउँगाउँमा भएका पारालिगल समिति मार्फत ३३४ ओटा मुद्दाको गाउँमै मिलापत्र भएको अधिकृत राईको भनाइ छ । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis