A group of unidentified men on Tuesday night vandalized a vehicle being used for election campaign by Jagat Bishwokarma, a CPN-UML, Maoist Center alliance candidate in New Road of Pokhara. The group pelted a stone at the vehicle bearing green plate number Ga 1 Ya 728 around 10:00 pm on Tuesday night. The vehicle's rear window pane was shattered in the incident. Meanwhile, police have arrested a person in connection with the incident, informed DSP Khadka Bahadur Khatri.
वाम गठबन्धनबाट प्रतिनिधिसभा कास्की क्षेत्र नम्बर ३ का उम्मेदवार जगत विश्वकर्माले चुनावी प्रचारमा प्रयोग गरेको गाडी मंगलबार राति तोडफोड भएको छ ।
पोखराको न्यूरोडस्थित एक होटलको अगाडि सडकमै पार्किङ गरेको ग१य ७२८ नम्बरको हरियो प्लेटको स्करपियो गाडी अपरिचित व्यक्तिको समुहले फोडेको हो ।
प्रहरीका अनुसार गाडीको पछाडिको शिशा फुटेको छ । सडकमा रोकेर होटलभित्र खाना खाईरहेको बेला राती सवा १० बजेको समयमा गाडीमा ढुंगा प्रहार भएको थियो । यसैबीच गाडी तोडफोडमा संलग्न भएको आशंकामा एकजनालाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले बताए ।