Rolpa/ June 24
Ramkali Rana Magar, 49, of Hwama VDC-1 has been seriously injured by her husband Harka Bahadur Rana Magar, 50, when he attacked her with Khukuri on June 23.
Ramkali who was working as a laborer in Liwang was attacked by her husband over a family dispute. The victim sustained injury to her face and hand in the attack. She was taken to the District hospital immediately after the incident with the initiation of District police office, according to SI Om Bahadur Rana.
The accused attacked his wife in an inebriated state and has been arrested by the police.
Dharendra Dangi
रोल्पा । ०७० असार १० गते
हृवामा गाविस-१ निवासी ४९ वर्षीया रामकली रानामगरलाई पति ५० वर्षीय हर्कबहादुर रानामगरले असार ९ गते राति खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।
लिवाङ गाविस-४ काभ्रेखर्कमा डेरा गरी सदरमुकाम लिवाङ बजारमा ज्याला मजदुरी गर्दै आएकी रामकलीमाथि उनका पतिले खुकुरी प्रहार गरेका हुन् । उनीहरूबीच विवाद भएपछि पतिको खुकुरी प्रहारबाट रामकलीको अनुहार र हातमा घाउ भएको छ । घटना भएलगत्तै जिल्ला प्रहरी कार्यालय रोल्पाको पहलमा घाइतेलाई जिल्ला अस्पतालमा लगिएको र उनको उपचार भइरहेको प्रहरी नायव उपरीक्षक ओमबहादुर रानाले बताए ।
मादक पदार्थ सेवन गरी पत्नीलाई खुकुरी प्रहार गर्ने पति हर्कबहादुरलाई राति ९ बजेतिर प्रहरीले पक्राउ गरेको छ । घाइते रामकलीको घाँउबाट रगत धेरै बगेपनि स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जिल्ला अस्पताल रेउघाले जानकारी दिएको छ ।
धरेन्द्र डाँगी