Incident Reports

पतिद्वारा पत्नीमाथि खुकुरी प्रहार l

2013-06-23

Lumbini, Rolpa, Madi

Dharendra Dangi रोल्पा । ०७० असार १० गते हृवामा गाविस-१ निवासी ४९ वर्षीया रामकली रानामगरलाई पति ५० वर्षीय हर्कबहादुर रानामगरले असार ९ गते राति खुकुरी प्रहार गरी घाइते बनाएका छन् । लिवाङ गाविस-४ काभ्रेखर्कमा डेरा गरी सदरमुकाम लिवाङ बजारमा ज्याला मजदुरी गर्दै आएकी रामकलीमाथि उनका पतिले खुकुरी प्रहार गरेका हुन् । उनीहरूबीच विवाद भएपछि पतिको खुकुरी प्रहारबाट रामकलीको अनुहार र हातमा घाउ भएको छ । घटना भएलगत्तै जिल्ला प्रहरी कार्यालय रोल्पाको पहलमा घाइतेलाई जिल्ला अस्पतालमा लगिएको र उनको उपचार भइरहेको प्रहरी नायव उपरीक्षक ओमबहादुर रानाले बताए । मादक पदार्थ सेवन गरी पत्नीलाई खुकुरी प्रहार गर्ने पति हर्कबहादुरलाई राति ९ बजेतिर प्रहरीले पक्राउ गरेको छ । घाइते रामकलीको घाँउबाट रगत धेरै बगेपनि स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जिल्ला अस्पताल रेउघाले जानकारी दिएको छ । धरेन्द्र डाँगी

0 Comments

Related Reports
Related Trend Analysis