Incident Reports

भारत लगिँदै गरेका चार युवतीको उद्धार

2017-11-11

Madhes, Mahottari, Samsi, Ward 6

महिला बेचविखनमा सक्रिय गिरोहले समसी नाकाबाट भारत लैजान लागेका ४ युवतीलाई सशस्त्र प्रहरीले उद्दार गरेको छ । उद्दार गरिएका सिन्धुपालचोक र सिन्धुलीका २० देखि २२ वर्ष उमेर समूहका युवती छन् । उनीहरुलाई भारत लैजान सहयोग गर्ने अर्का एक व्यक्तिसमेत पक्राउ गरेको प्रहरीले जनाएको छ । नेपाल भारत सीमानजिक फेला परेका उनीहरुलाई सोधपुछ गर्दा बयान फरक परेपछि समसीस्थित सशस्त्र प्रहरीको शनिबार शनिबार नियन्त्रणमा लिएको हो । उद्दार गरिएकामा सिन्धुपाल्चोक हेलम्बुकी २० वर्षीया उषा तामाङ्ग, सोही उमेरकी फूलमाया तामाङ्ग र सिन्धुपाल्चोक पाँचपोखरी ८ की रन्जना तामाङ्ग तथा सिन्धुली मरिनकी २२ वर्षीया कान्छप्माया लो छन् । त्यस्तै सर्लाही हरिवन नपा ८ का ३६ वर्षीय टेकवहादुर कालीकोटेलाई पनि सशस्त्रले नियन्त्रणमा लिएको छ । कालीकोटेले उनीहरुलाई दिल्ली विमानस्थलमा पासपोर्ट र भीसा दिएर कुवेत पठाइदिन लगिएको स्वीकारेका छन् । वैदेशिक रोजगारीमा लगाईदिने भन्दै भारत लैजाने गिरोहका केही व्यक्ति दिल्लीमा रहेको कालीकोटेले बयान दिएका छन् । समसीस्थित सशस्त्र प्रहरीका निरीक्षक विदूर ढकालकाअनुसार उनीहरुमाथि थप अनुसन्धान र कारबाहीका लागि जलेश्वरस्थित जिल्ला प्रहरीमा बुझाइएको छ ।

0 Comments