Incident Reports

स्थानीय र प्रहरीको झडप, प्रहरीले गर्‍यो हवाई फायरिङ

2017-11-11

मकवानपुरमा स्थानीय र प्रहरीबीच झडप भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको नेवारपानीमा प्रहरीले शनिबार राति झडप हुँदा प्रहरीले हवाई फायरिङ गरेको छ । स्थानीयवासी र नेवारपानी प्रहरी चौकीका प्रहरीबिच भएको झडपका क्रममा प्रहरीले चार राउण्ड हवाई फायरिङ गरेको हो ।स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी दिलिप झाले बताए । प्रहरीले स्थानीय र वनभोजमा आएका व्यक्तिहरुको झगडा छुटाउने क्रममा एक युवतीलाई संवेदनशील अंगमा पर्ने गरी कुटपिट गरेको स्थानीयको आरोप छ । झडपका क्रममा स्थानीयले चौकीमा सामान्य तोडफोड गरेका छन् । तोडफोडबाट फर्निचरका साथै सिसाहरु फुटेको प्रहरी प्रवक्ता झाले बताए । झडपपछि केही समय चक्काजाम समेत भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Secondary Form Vandalism
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total damaged Buildings 1
Severely damaged Vehicles 00
National/Online Media

0 Comments

Related Reports